कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]
पूर्वी चितवनको रत्ननगरमा रहेको गामबेसीँको चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न तथा स्टेशनरी सहयोग

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा रहेको गामबेसीँको चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न तथा स्टेशनरी सहयोग गरिएको छ ।
नारायणगढ निवासी स्वर्गीय रुकमणि प्रधानको पुण्यतिथिमा संरक्षण केन्द्रमा आश्रित वालवालिकाको लागि खाद्यान्न तथा स्टेशनरी सहयोग गरिएको हो ।
प्रधानका श्रीमान केएल भूषण प्रधान, जेठा छोरा गगन प्रधान, चितवन उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा कान्छा छोरा सहन प्रधान, छोरीहरु शशी श्रेष्ठ , डा.सन्जु लाल, वर्षा प्रधान, नाति प्रियनलाल केन्द्रमा पुगेर खाद्यान्न तथा स्टेशनरी हस्तान्तरण गरेका थिए ।
संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्माले आर्थिक मन्दीको प्रभाब संरक्षण केन्द्रमा परेको भन्दै सहयोग गर्न दाँताहरुलाई आग्रह गरेका छन् ।
काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]
चितवन, कात्तिक १३– चितवनको नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको भरतपुर महानगरपालिका–२२ का वडाबासीले अब निःशुल्क रगत पाउने भएका छन् । वडा कार्यालयले बजेट विनियोजन गरेर नेपाल रेडक्रस सोसाइटीसंग सम्झौता […]
काठमाडौं, कात्तिक १३- गाजामा इजरायली आक्रमणबाट ८ हजार ५०० प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् । अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८ हजार ५०० प्यालेस्टिनी […]