कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
इच्छाकामनामा रहेको ओझेलमा परेको स्याङ्दी झरना

इच्छाकामना । चितवनलाई सुगम जिल्ला र व्यवस्थित सहरको रूपमा चिनिन्छ। त्यसैले पनि भरतपुर, नारायणगढ, टाँडीलगायतका समथरबजारमा मानिसहरू गर्मी महिना लागेपछि पहाडी भेगतर्फ आकर्षित हुन्छन्।
तराईको तुलनामा चिसो हावापानी र शीतलता प्राप्त गर्न पनि बजारको कोलाहलभन्दा केहीपर रहेका झरना, खोलाआदि स्थानमा पुगेर आनन्द लिन चाहन्छन्। कतिपय स्थानमा प्राकृतिक झरना देखिन्छ भने कतिपय स्थानमा कृत्रिम झरनासमेत निर्माण गरेर बजारका मानिसहरूलाई गाउँ प्रवेश गराउन सफल भएका छन्।
स्याङ्दी झरना यसैको उदाहरण बनेको छ। भरतपुरबाट जखडीमाई, सिमलढाप हुँदै स्याङ्दी पुग्न सकिन्छ भने कालिका नगरपालिकाको पदमपुरबाट भालुमारा वा गर्दास हुँदै स्याङ्दी पुग्न सकिन्छ। स्याङ्दी नयाँबारी पुगेपछि झरनासम्म पुग्न करिब १५ मिनेट पैदल हिँड्नुपर्छ। स्थानीयस्तरमा समग्र स्याङ्दीकै विकासका लागि स्थानीयले गाउँभन्दा केही माथि झरना निर्माण गरेका छन्। त्यसले केही वर्षयता आन्तरिक पर्यटकको आगमनसमेत बढाएको छ।
स्थानीय अमृत गुरूङका अनुसार सुरूमा स्याङ्दीमा रहेको चण्डीथान सामुदायिक वनले यसको परिकल्पना गरेर झरना निर्माणको काम थालेको थियो। ‘गर्मी महिना लागेपछि जता पनि झरना र पोखरीकै कुरा हुने देखिएपछि हामीले पनि झरना निर्माण गर्ने योजना बनायौँ,’ उनले भने, ‘फलस्वरूप हामीले झरनालाई थोरै भए पनि व्यवस्थित बनाउन सकेका छौँ।’
स्थानीयको चाहनाअनुसार नै सामुदायिक वनले झरना निर्माणको लागि प्रयास गरेको चण्डीथान सामुदायिक वन उपभोक्ता समूह स्याङ्दीका अध्यक्ष जमानसिंह गुरूङले बताए। उनका अनुसार केही वर्षपहिले सामुदायिक वनले जम्मा एक लाख रूपैयाँ बजेट निकासा गरेर झरनासम्म पुग्ने बाटो बनाउनुका साथै खोलाबाट कुलो काटेर झार्न सफल भएको थियो।
यसपटक भने वडा नं।७ बाट झरनाको प्रवर्द्धन गराउने उद्देश्यले एक लाख ५० हजार रूपैयाँ बजेट विनियोजन गरेपछि त्यसैबाट झरनामा पोखरी निर्माण गर्न सफल भएको उनले बताए।
अहिले निर्माण गरेको झरनामा सानो मूल छ। वर्खाको समयमा त्यही मूलको झरना ठूलो हुन्छ। तर, हिउँद लागेपछि सुक्ने हुँदा खोलाबाट कुलो काटेर झरनामा मिसाएको उनले बताए। स्थानीयकै पहलमा झरना निर्माण गरिए पनि प्रचारप्रसारबाट टाढा हुँदा ओझेलमा परेको उनको भनाइ छ। भावी दिनमा वडादेखि पालिका हुँदै प्रदेश र केन्द्र सरकारले स्थानीयस्तरमा हुन सक्ने पर्यटकीय सम्भावनाको खोजी गरी त्यसको प्रवर्द्धन गराउन सके पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने स्थानीयले बताएका छन्।
स्थानीयले करिब ६र७ वर्षदेखि प्रयास गर्दै आए पनि विगत तीन वर्षदेखि झरनामा मान्छे आउन थालेका छन्। ‘तर, प्रचारप्रसार गर्न नसक्दा यसबारे जानकारी गराउन सकेका छैनौँ,’ स्थानीयसमेत रहेका वनका अध्यक्ष गुरूङले भने।’ झरनालाई थप व्यवस्थित बनाउन सके यहाँका स्थानीयले उत्पादन गरेका कृषि उत्पादनको बजारीकरणमा समेत मद्दत पुग्ने उनको विश्वास छ।
स्थानीयस्तरमा पर्यटन प्रवर्द्धन गराउने उद्देश्यले नै यसपटक वडाबाट बजेट पारेपछि थोरै काम गरेको वडाअध्यक्ष बमबहादुर थापामगरले जानकारी दिए। वडाबाट एकै वर्ष सबै काम सम्पन्न गराउन सम्भव नहुने हुँदा हरेक वर्ष धेरथोर बजेट विनियोजन गरेर आन्तरिक पर्यटन प्रवर्द्धन गराउँदै जाने योजना रहेको उनले बताए। यसबाहेक अन्य क्षेत्रमा पनि पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने सम्भावित स्थानमा काम गर्दै जाने उनको भनाइ छ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]