Listen Live: 

चितवनमा चारजना युवाको संयुक्त लगानीमा अत्यधुनिक ड्राईभिङ्ग स्कुल सञ्चालनमा

Radio Chitwan
आइतवार, फाल्गुन १४, २०७९

चितवन । चितवनमा चारजना युवाको संयुक्त लगानीमा अत्यधुनिक ड्राईभिङ्ग स्कुल सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ४ मा चितवन ड्राईभिङ्ग स्कुल सञ्चालनमा ल्याईएको हो । संस्थाले आज भरतपुरमा पत्रकार सम्मेलन गरी आजबाट औपचारिक रुपमा सञ्चालनमा आएको जानकारी दिएको हो ।

औपचारिक रुपमा स्कुल सञ्चालनमा आएसंँगै एकसाताको लागि ५० प्रतिशत छुट सुविधा उपलब्ध गरिएको सञ्चालक माधव प्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार चितवनमा कमजोर शारिरीक क्षमता भएका व्यक्तिलाई निःशुल्क सवारी चालक प्रशिक्षण दिन पनि शुरु गरिएको छ ।संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उनीहरुलाई निशुल्क सवारी चालक प्रशिक्षण दिन शुरु गरिएको अधिकारीले बताए ।‘यस भन्दा अघि पांँचजनाले निशुल्क सवारी चालक प्रशिक्षण लिईरहनु भएको छ । आजबाट स्कुल औपचारिक रुपमा सञ्चाललनमा आएसंँग आवश्यकता अनुसार अन्य त्यस्ता व्यक्तिलाइ निःशुल्क प्रशिक्षण दिनेछौं ’ अधिकारीले भने ।

दक्ष सवारी चालक बनाउन र दुर्घटना न्यूनिकरणको गर्ने उद्धेश्यसहित संस्थाले सवारी चालक प्रशिक्षण शुरु गरेको हो दक्ष अनुभव प्रशिक्षक द्धारा सवारी साधनको सैदान्तिक तथा व्यवहारिक ज्ञान संँगै परामर्श दिइने अर्का सञ्चालक विवेकजंग थापाले जानकारी दिए ।

नेपाल सरकारको सवारी चालक निर्देशिका २०७४ बमोजिम सबै मापदण्ड पुरा गरी चितवनमै पहिलोपटक आधिकारिक मान्यता प्राप्त गरी सञ्चालनमा ल्याईएको थापाले बताए । चितवन तथा छिमेकी जिल्लालाई लक्षित गरीे दक्ष प्रशिक्षकद्धारा प्रशिक्षण दिई कुशल चालक उत्पादन गर्ने र सबै चालकहरुलाई सवारी अनुमति पत्रको पहुंँच पुर्याउने उद्धेश्यले सञ्चालनमा ल्याईएको थापाको भनाई छ ।

अत्यधुनिक पूर्वाधार सहित यो ड्राईभिङ्ग स्कुलमा यातायात विज्ञ माधव प्रसाद अधिकारी सहित काठमाडौं र स्थानीय युवा राजन क्षेत्री , विवेक जंग थापा र रामनारायण घिमिरेले करीब करीब ५ करोड लगानीमा यो स्कुल सञ्चालनमा ल्याएका हुन् ।

अत्यधुनिक पूर्वाधार र सेवा सहित दुईविघा क्षेत्रफलमा फैलिएको यो स्कुलमा प्रशिक्षार्थीलाई लक्षित गरी हाल दश जना प्रशिक्षक द्धारा एकैपटक २० जना भन्दा बढी प्रशिक्षार्थीलाई प्रशिक्षण दिने क्षमता यस स्कुलको रहेको छ । हाल स्कुलमा मोटरसाइकल, स्कुटर, अटो र हलुका चारपांँग्रे सवारी साधन प्रशिक्षणको सुविधा रहेको छ ।
प्रशिक्षार्थीको माग र आवश्यकता अनुसार भविष्यमा अन्य सवारी साधनको लागि पनि प्रशिक्षण दिने तयारी संस्थाले गरेको छ ।

आगामी दिनमा ट्राफिक प्रहरीको समन्वयमा ट्राफिक नियम तथा सचेतना जस्ता विषयलाई पनि सँगै लैजाने योजना रहेको अर्का सञ्चालक रामनारायण घिमिरेले बताए । यस स्कुललाई देशकै नमुना ड्राइभिङ स्कुलमात्र नभै सवारी सुरक्षा सम्बन्धी अध्ययन केन्द्रको रुपमा विकास गर्ने लक्ष्य रहेको उनको भनाई छ । भविष्यमा अन्य जिल्लामा पनि शाखा विस्तार गरी दक्ष चालक उत्पादन गरी दुर्घटना न्यूनिकरण गर्दै सवारी आगवनमा सहज पुग्ने ध्येयका साथ अघि बढ्ने संस्थाको योजना रहेको छ ।

आन्य समाचारहरु:-
September 23, 2023
राप्तीको भण्डारामा असोज २३ देखि दशै मेला हुने

राप्ती ०६ असोज । पूर्वी चितवनको राप्तीमा असोज २३ गतेबाट राप्ती राप्ती दसैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले बडादसैंको अबसर पारेर स्थानीय […]

September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

September 16, 2023
उत्कृष्ट समिति र भातृ संस्थालाई मगर संघको सम्मान

नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]

September 12, 2023
प्रधानमन्त्री, एमाले अध्यक्ष ओली लागायत शीर्ष नेता पुगे शिक्षण अस्पताल

काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram