कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०र८१ मा रोजगारीको लागि फागुनभित्र बेरोजगारको सूचीमा सूचिकृत हुन आग्रह

चितवन । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०र८१ मा रोजगारीको लागि फागुनभित्र बेरोजगारको सूचीमा सूचिकृत हुन आग्रह गरेको छ । १८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगारलाई न्युनतम रोजगारी प्रदान गर्नका लागि महानगरले सम्बन्धित वडा कार्यालयमा गएर सूचिकृत हुन आग्रह गरेको हो ।
रोजगारीको हकसम्बन्धी ऐन, २०७५ सोको नियमावली तथा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ बमोजिम आगामी आवमा न्यूनतम रोजगारीमा आवद्ध हुन चाहनेले आफु स्थायी रुपमा बसोबास गरेको वडामा सूचिकृत हुन निवेदन दिन सक्ने छ । निवेदनको ढाँचा सम्बन्धित वडा कार्यालय, रोजगार सेवा केन्द्र, भरतपुर महानगरपालिका तथा प्रधानमन्त्री रोजगार कार्यक्रमको वेबसाइटबाट निशुल्क प्राप्त गर्न सकिने छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको अभियान ‘न्यूनतम रोजगार, नागरिकको अधिकार’ तथा विपन्न तथा जीवनयापन जोखिममा परेका वर्गलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन न्यूनतम रोजगारी प्रदान गरी सहयोग पुर्याउने सोच भएकोले सोही बमोजिमका व्यक्तिहरुलाई निवेदन दिन आग्रह गरिएको महानगरका निमित्त प्रमुख प्रशासकिय अधिकृत महेन्द्र प्रसाद पौड्यालले बताए ।
निवेदनसाथ पेश गर्नुपर्ने कागजातहरुः
– निवेदकको १ प्रति नागरिकता प्रमाणपत्रको प्रतिलिपि
– निवेदकको १ प्रति पासपोर्ट साईजको फोटो
– निवेदकसहित परिवारका सम्पूर्ण सदस्यहरुको नाम, नाता, जन्म मिति, नागरिकता नं, जारी मिति तथा जिल्ला लगायतका विवरण
– निवेदक सहित परिवारका सम्पूर्ण सदस्यको शैक्षिक योग्यता, सिप, दक्षता तथा रोजगारीको अवस्था ९स्वदेश÷विदेश÷स्वरोजगार०
– स्थायी बसोबास खुल्ने आवश्यक कागजातको प्रतिलिपि ९ना।प्र। पत्र, अन्यत्रबाट जारी भएको भए बसाईसराइ प्रमाणपत्रको प्रतिलिपि र ना।प्र। पत्रमा स्थायी ठेगाना अन्यत्र उल्लेख भएको विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि
– कुल वार्षिक पारिवारिक आय, परिवारका सबै सदस्यहरुले सामाजिक सुरक्षा कोष, अन्य सरकारी कोष वा रोजगारदाताबाट कुनै सहायता या आम्दानी लिएको नलिएको विवरण
– निवेदनमा उल्लेखीत सम्पुर्ण विवरण अनिवार्य रुपमा भरेको र वडा कार्यालयबाट प्रमाणित भएको निवेदन मात्र सूचिकृत गरिने छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]