कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
भरतपुरमा ३ दिने कर सम्बन्धि तालिम शुरु

चितवन। भरतपुरमा ३ दिने कर सम्बन्धि तालिम शुरु भएको छ । भरतपुर महानगरपालिका वडा न २१ को आयोजनामा कर सम्बन्धि ३ दिने तालिम शुरु भएको हो ।तालिमको आइतबार महानगरका नगर उपप्रमुख चित्रसेन अधिकारीले उद्वघाटन गर्नु भएको हो ।
तालिम उद्वघाटन गर्दै उप प्रमुख अधिकारीले कर तिर्नु प्रत्येक नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गर्नु भयो । कर तिर्नु कसैका लागि बाध्यता नभई बिकास निर्माणका लागि भएको भन्दै उप प्रमुख अधिकारीले आफुले तिरेको कर आफ्नै लागि हो भन्ने बुझ्न् पनि सबैमा आग्रह गर्नु भयो । महानगरले हाल २९ वटै वडामा कर अभियान चलाइरहेको बताउदै उहाँले अब कोही पनि करको दायराबाट बाहिर रहन नपाउने समेत प्रष्ट पार्नु भयो ।
महानगरपालिका कर मात्रै संकलन गर्दैन,उठेको करलाई विकास निर्माणमा लगाउन पनि उत्तिकै लाग्ने छ । हामी उठेको करलाई जनताकै सेवामा खर्च गर्ने प्रतिबद्धता गर्द्छौ उप प्रमुखले भन्नू भयो,आन्तरिक राजश्व अभिवृद्धि गरी विकास निर्माणलाई तीव्रता दिने गरि महानगर कर सकलनमा जुटेको पनि उहाँको टिप्पणी छ। महानगर सुशासन, पारदर्शिता र जबाफदेहितालाई आत्मसात गर्दै अगाडि बढीरहेको समेत बताउनु भयो ।
वडा न २१ ले आफ्नो वडा भित्र रहेका ब्यबसायी, टोल बिकास समितिका अध्यक्षहरु,विभिन्न सघ सस्थाका प्रतिनिधिहरु लगाएत अन्य ब्यक्तिहरुलाइ कर अभियानसग जोड्ने उधेश्यले तालिमको आयोजना गरिएको वडा अध्यक्ष कृष्ण कुमार गुरुङले जानकारी दिनु भयो ।
अभियान अन्तर्गत सम्पत्ति कर, बहाल कर, व्यवसाय कर, दर्ता, नवीकरण, नक्सा पास गरेरनगरेको लगाएतका अन्य बिषयहरु हेरिने राजश्व महाशाखा प्रमुख बिसुराम कुवरले जानकारी दिनु भयो।
मगलबार सम्म चल्ने उक्त तालिममा एक सय २० भन्दा बढीको सहभागिता रहेको वडा सचिब पन्चमाया तामाङले जानकारी दिनु भयो ।
गत माघ १९ गते बाट शुरु भएको महानगरको कर अभियान आगामी असार १५ गते सम्म जारी रहने छ । तीन दिन सम्म चल्ने तालिममा महानगरका राजश्व शाखा प्रमुख बिसुराम कुवरले प्रशिक्षण दिनु हुने छ ।
उद्वघाटन कार्यक्रममा वडा अध्यक्ष कृष्ण कुमार गुरुङ,रमेशकुमार श्रेष्ठ,वडा सदस्य बिबेक श्रेष्ठ लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]