कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताहरुको निःशुल्क उपचार चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा हुने

चितवन । सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताहरुको निःशुल्क उपचार चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा हुने भएको छ । कोष र कलेजले यस सम्बन्धी सम्झौता गरेका हुन् ।
सामाजिक सुरक्षा कोषमा आवद्ध योगदानकर्ताले सिधै कोषले उपलब्ध गराएको कार्ड देखाएर निःशुल्क उपचार सेवा लिन सक्ने अस्पतालका प्रमुख कार्यकारी अधिकृत ९सिईओ० प्रताप देवकोटाले बताउनुभयो । उहाँका अनुसार जुनसुकै रोग वा दुर्घटनाका बिरामीले यो सेवा लिन सक्नेछन् । उपचार वापतको दाबी भुक्तानी कोषले अस्पताललाई सिधै गर्ने नयाँ व्यवस्था गरिएको छ ।
सामाजिक सुरक्षा कोषले प्रदान गर्ने औषधीउपचार अन्तर्गत एक आर्थिक वर्षमा ओपिडिमा रु। २५ हजारसम्म र भर्ना भएको बिरामीको हकमा रु। एक लाखसम्म पाईने व्यवस्था छ । औषधिउपचार सेवा लिने बिरामीले २० प्रतिशत रकम भने आफैले व्यहोर्नु पर्ने छ । बाँकी ८० प्रतिशत रकम कोषले सिधैं अस्पताललाई भुक्तानी गर्नेछ । दुर्घटनाका बिरामीको हकमा भने रु। ७ लाखसम्मको उपचार खर्च कोषले व्यहोर्ने छ । यस्तै योगदानकर्ताको श्रीमती गर्भवती हुँदा, गर्भवती अगाडिको परीक्षण र जन्मिएको शिशुको उपचार समेत कोषमार्फत् हुने व्यवस्था रहेको छ ।
सामाजिक सुरक्षाको योजना सञ्चय कोष जस्तै एउटा छुट्टै कोष हो, जसले आम श्रमिकहरुको जीवन सुनिश्चितताका लागि ल्याइएको कार्यक्रम हो । यस कोषमा औपचारीक तथा अनौपचारीक क्षेत्रमा काम गरिरहेका श्रमिकहरु आबद्ध हुन सक्छन् ।
विशेष गरी सरकारले बैंक–वित्तीय क्षेत्र, सरकारी जागिर तथा अन्य ठूला कम्पनीमा काम गर्ने श्रमिक, उद्योग धन्दा, इटा भट्टा, गार्मेन्ट लगायतका क्षेत्रमा काम गर्ने श्रमिकहरुका लागि ल्याएको कार्यक्रम हो । तर बैंक तथा वित्तीय संस्था,अन्य विभिन्न कम्पनी लगायत सबै कम्पनी तथा मजदुरहरु कोषमा अनिवार्य रुपमा सूचीकृत हुनुपर्ने सामाजिक सुरक्षा कोष कार्यविधीमा उल्लेख छ ।
सो कोषमा श्रमिकले बैंक खातामा आफ्नो मासिक आम्दानीको ११ प्रतिशत जम्मा गर्नुपर्छ भने रोजगार दाताले २० प्रतिशत थपेर कुल २१ प्रतिशत रकम प्रतिमहिना श्रमिकको खातामा संकलन हुन्छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा योजना अन्तर्गत ४ वटा सुविधाहरु रहेका छन् । जसमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षाको सुविधा, दुर्घटना र अशक्तता सुरक्षाको सुविधा, आश्रित परिवार सुरक्षाको सुविधा तथा बृद्धावस्था सुरक्षाको सुविधा लगायतका व्यवस्थाहरु रहेका छन् ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

