Listen Live: 

सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताहरुको निःशुल्क उपचार चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा हुने

Radio Chitwan
आइतवार, फाल्गुन १४, २०७९

चितवन । सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताहरुको निःशुल्क उपचार चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा हुने भएको छ । कोष र कलेजले यस सम्बन्धी सम्झौता गरेका हुन् ।

सामाजिक सुरक्षा कोषमा आवद्ध योगदानकर्ताले सिधै कोषले उपलब्ध गराएको कार्ड देखाएर निःशुल्क उपचार सेवा लिन सक्ने अस्पतालका प्रमुख कार्यकारी अधिकृत ९सिईओ० प्रताप देवकोटाले बताउनुभयो । उहाँका अनुसार जुनसुकै रोग वा दुर्घटनाका बिरामीले यो सेवा लिन सक्नेछन् । उपचार वापतको दाबी भुक्तानी कोषले अस्पताललाई सिधै गर्ने नयाँ व्यवस्था गरिएको छ ।

सामाजिक सुरक्षा कोषले प्रदान गर्ने औषधीउपचार अन्तर्गत एक आर्थिक वर्षमा ओपिडिमा रु। २५ हजारसम्म र भर्ना भएको बिरामीको हकमा रु। एक लाखसम्म पाईने व्यवस्था छ । औषधिउपचार सेवा लिने बिरामीले २० प्रतिशत रकम भने आफैले व्यहोर्नु पर्ने छ । बाँकी ८० प्रतिशत रकम कोषले सिधैं अस्पताललाई भुक्तानी गर्नेछ । दुर्घटनाका बिरामीको हकमा भने रु। ७ लाखसम्मको उपचार खर्च कोषले व्यहोर्ने छ । यस्तै योगदानकर्ताको श्रीमती गर्भवती हुँदा, गर्भवती अगाडिको परीक्षण र जन्मिएको शिशुको उपचार समेत कोषमार्फत् हुने व्यवस्था रहेको छ ।

सामाजिक सुरक्षाको योजना सञ्चय कोष जस्तै एउटा छुट्टै कोष हो, जसले आम श्रमिकहरुको जीवन सुनिश्चितताका लागि ल्याइएको कार्यक्रम हो । यस कोषमा औपचारीक तथा अनौपचारीक क्षेत्रमा काम गरिरहेका श्रमिकहरु आबद्ध हुन सक्छन् ।

विशेष गरी सरकारले बैंक–वित्तीय क्षेत्र, सरकारी जागिर तथा अन्य ठूला कम्पनीमा काम गर्ने श्रमिक, उद्योग धन्दा, इटा भट्टा, गार्मेन्ट लगायतका क्षेत्रमा काम गर्ने श्रमिकहरुका लागि ल्याएको कार्यक्रम हो । तर बैंक तथा वित्तीय संस्था,अन्य विभिन्न कम्पनी लगायत सबै कम्पनी तथा मजदुरहरु कोषमा अनिवार्य रुपमा सूचीकृत हुनुपर्ने सामाजिक सुरक्षा कोष कार्यविधीमा उल्लेख छ ।

सो कोषमा श्रमिकले बैंक खातामा आफ्नो मासिक आम्दानीको ११ प्रतिशत जम्मा गर्नुपर्छ भने रोजगार दाताले २० प्रतिशत थपेर कुल २१ प्रतिशत रकम प्रतिमहिना श्रमिकको खातामा संकलन हुन्छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजना अन्तर्गत ४ वटा सुविधाहरु रहेका छन् । जसमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षाको सुविधा, दुर्घटना र अशक्तता सुरक्षाको सुविधा, आश्रित परिवार सुरक्षाको सुविधा तथा बृद्धावस्था सुरक्षाको सुविधा लगायतका व्यवस्थाहरु रहेका छन् ।

आन्य समाचारहरु:-
October 3, 2023
रत्ननगर खानेपानी र सेन्ट्रल अस्पताल प्रा लि बीच सम्झौता

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र भरतपुर सेन्ट्रल अस्पताल प्रा लि , चितवन ओम साईराम पोलिक्लिनिक प्रा लि रत्ननगरका  विच स्वास्थ्य परिक्षण र अौषधि उपचार सम्वन्धि सम्झौता एवं हस्तान्तरण […]

October 2, 2023
सरकारी जागिरका लागि रत्ननगरमा लोकसेवा तयारी कक्षा सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]

October 2, 2023
चितवनको ट्राफिक प्रहरीले चाडपर्व लक्षित गर्दै सुरु गर्‍यो,राजमार्गमा सवारीको गति मापन

चितवन, असोज  १४ –  चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]

October 1, 2023
२०८४ मा कि भ्रष्ट सकिन्छन् कि हामी सकिन्छौँः रवि लामिछाने

दाङ,असोज १३-

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram