रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा बिहीवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ११५ युनिट रगत संकलन भएको छ । पेवा बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिकोत्सवको अवसरमा भएको रक्तदान कार्यक्रममा […]
भरतपुर महानगरपालिकामा थप ११८ किमी सडकमा ‘स्मार्ट’ सडक बत्ती जडान हुने
चितवन । भरतपुर महानगरपालिकामा थप ११८ किमी सडकमा ‘स्मार्ट’ सडक बत्ती जडान हुने भएको छ । दोस्रो चरणमा २७ करोड रुपैयाँ लागतमा ‘स्मार्ट’ सडक बत्ती जडानको लागि नेपाल विद्युत प्राधिकरणले ठेक्का आह्वान गरेको छ । विद्युत प्राधिकरण र भरतपुर महानगरपालिकाको साझेदारीमा करिब ११८ किमी सडकमा सडकबत्ती, ६० वटा मिनी मास्ट लाईट र ८ वटा हाई मास्ट लाईट जडान हुने भएको हो ।
यसअघि पहिलो चरणमा ७८ किमीमा स्ट्रिट लाइट जडानको काम भइरहेको छ । भरतपुरमा ठूला सडकहरु विस्तारका क्रममा छन् । महानगरले आगामी वर्ष मनाउन लागेको ‘भरतपुर भ्रमण वर्ष’को लागि विस्तारिक सडक र स्मार्ट स्ट्रिट लाइटले ठूलो योगदान दिने महानगर प्रमुख रेनु दाहालको विश्वास छ ।
‘नगर क्षेत्रमा रहेका बजारलाई स्तरीय र व्यवस्थित बनाइराख्न, रात्रिकालीन समयमा नगर क्षेत्रमा रहेका मुख्य सडकहरूमा यात्रा गर्दा आम सर्वसाधारण, पैदल यात्री, पर्यटक, महिला, विद्यार्थी तथा सवारी साधनको आवतजावतलाई सहज र सुरक्षित बनाई सडक दुर्घटना न्यूनीकरण गर्न ‘उज्यालो सहर–भरतपुर’ अभियान प्रभावकारी हुने देखिन्छ’, उनले भनेकी छन् ।
स्मार्ट सहरको पहिलो खुड्किलो स्मार्ट सडक बत्ती नै भएको उनले बताइन् । पहिलो चरणको स्मार्ट सडक बत्ती जडान कार्य पनि अन्तिम चरणमा पुगिसकेकाले अबको केही दिनमा पूर्ण रूपमा सडकबत्ती सञ्चालनमा आउने उनको भनाइ छ । पहिलो चरणमा हाकिमचोक–जगतपुर, मंगलपुर–शुक्रनगर, चौविसकोठी–मेघौली, पुलचोक–आँपटारी, बाइपास सडक, बसेनी चोक–लामा टोल र चौविसकोठी–मालपोत चोकलगायत सडकमा स्मार्ट सडक बत्ती जडान हुँदै छन् ।
भरतपुरको मुख्य चोकहरुमा ‘हाइ मास्ट’ बत्ति जडान गरिएको छ । जसमा १६ मिटर अग्लो पोलको टुप्पोमा रिङ जडान गरेर २०० वाटका आठ वटा बत्ति जडान गरिएको हुन्छ । पारस बसपार्क, हाकिमचोक, चौविसकोठी, विरेन्द्र चोक, पुलचोक, पोखरा बसपार्क, आँपटारी चोक र मालपोत चोकमा हाइ मास्ट जडान गरिएको छ ।
रत्ननगर । सौराहा बचत तथा ऋण सहकारी संस्था लि.को मंगलबार २५औं बार्षिक साधारण सभा गरिएको छ । रत्ननगर नगरपालिका वडा नं ६ का वडाध्यक्ष किरण महतो प्रमुख अतिथि रहेको सो […]
अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरी मानसिक रोगको उचारमा अस्पतालले गरेका प्रयास र मानसिक रोगको वर्तमान अवस्थाको बारेमा जानकारी गराएका छ । पत्रकार सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै डा.खगेन्द्र काफ्लेले आत्महत्याको मुख्य […]
रत्ननगर भदौ २२ । चितवनको कालिका नगरपालिकाका चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व मनाएकाछन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने […]