Listen Live: 

पत्रकारितालाई थप डिजिटलाईजेसन गर्नु पर्ने  : प्रमुख दाहाल

Radio Chitwan
आइतवार, फाल्गुन १४, २०७९

चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पत्रकारितालाई थप डिजिटलाईजेसन गर्नु पर्ने बताएकी छन् । प्रेस सेन्टर नेपाल चितवन शाखाले भरतपुरको जलदेवि सामुदायिक वनको पार्कमा आयोजना गरेको विषेश साधारणसभा तथा वनभोज कार्यक्रमलाई सम्बोधन गर्दैै महानगरपालिका प्रमुख दाहालले सञ्चार मध्यमहरुले नयाँ ढङ्गबाट समाचार तथा सूचना सम्प्रेषण गर्नुपर्ने जोड दिईन् ।

अहिलेको आवश्यकता र समय सापेक्ष पत्रकारितालाई परिमार्जन गर्दै लैजानुपर्ने देखिएको उनको भनाई छ । मेयर दाहालले खोजमूलक, तथ्यपरक तथा निषपक्ष पत्रकारिताको अभ्यास गर्दै जानु पत्रकारको जिम्मेवारी, दायित्व र अभिभारा भएको भन्दै उनले पत्रकारितालाई थप स्मार्ट बनाउनुपर्ने धारणा राखिन् ।

भरतपुर महानगरपालिकाको बारेमा सकारात्मक धेरै र रचानात्मक दुबै प्रकारका समाचारहरु सम्प्रेषण हुने गरेकाले सही दिशामा महानगरपालिका अगाडि बढेको उनको भनाई थियो ।

‘राम्रो मात्र भन्नुस्, भन्दिन म उनले भनिन्, राम्रो त राम्रो भई हाल्यो । नराम्रा छन् भने खबरदारी गर्नुस् ।’मेयर दाहालले प्रेस सेन्टरको स्थापना निकै संघर्षशिल, कठिन समयका बाबजुत डोको डालोबाट सूचना प्रवाह गरी सुरुवात भएको औल्याइन् । व्यवस्था परिवर्तन गर्न प्रेस सेन्टरले विगतमा खेलेको भूमिकाको उच्च प्रशंसा गरिन् ।

उनले चितवनका सबै प्रेस सम्बद्ध संस्थाहरुलाई समान ढङ्गबाट भरतपुर महानगरपालिका स्थानीय सरकारले प्रर्वद्धन गर्दै आईरहेको बताइन् । स्थानीय सरकारले यहाँका श्रमजिवि पत्रकारका लागि लोककल्याणकारी विज्ञापन, जेष्ठ पत्रकारलाई पेन्सनका लागि रु २० लाखको कोष स्थापना, लेखनवृत्तिका लागि रु १५ लाख रुपैयाँ, पत्रकार महासंघको तालिम हलको लागि जग्गाको व्यवस्था तथा विभिन्न अवलोकन भ्रमणका लागि बजेट विनियोजना गर्दै आएको जानकारी दिईन् ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा ‘जुगल’, प्रदेश सांसदहरु ठाकुर ढकाल, ईश्वर सापकोटा ‘सुमन’, नेकपा माओवादी केन्द्रका चितवन जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी, पत्रकार महासंघका सचिव सृजना अर्याल, पत्रकार महासंघका चितवन अध्यक्ष नारायण अधिकारी, प्रेस युनियनका अध्यक्ष अनिल ढकाल, प्रेस चौतारी चितवनका उपाध्यक्ष कृष्ण आर्चाय लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram