Listen Live: 

चितवनमा पछिल्लो समय आत्महत्या गर्नेको संख्या दैनिक बढ्दै

Radio Chitwan
आइतवार, फाल्गुन १४, २०७९

चितवनमा पछिल्लो समय आत्महत्या गर्नेको संख्या दैनिक बढ्दै गएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार पछिल्लो केही वर्ष यता आत्महत्या गर्नेको संख्या दैनिक बढ्दै गएको हो ।

उपरीक्षक पण्डितले दिएको तथ्यांकमा आर्थिक वर्ष २०७७–०७८ मा प्रहरी कार्यालयमा १८७ आत्महत्याका मुद्दा दर्ता भएका थिए । जसमा महिला ६३, पुरुष १८७, बालक चार र बालिका पाँच रहेका छन् । उनीहरु मध्ये १३ जनाले बिष खाएर, दुई जनाले आगो लगाएर, १७१ जनाले झुण्डिएर र एक जनाले पानीमा हाम फालेर आत्महत्या गरेको उनको भनाइ छ । त्यस्तै आर्थिक वर्ष २०७८–०९ मा २१४ आत्महत्याका मुद्दा जिल्लामा दिर्ता भएको छन् । जसमा महिला ८५, पुरष १२२, बालक ४ बालिका ३ रहेका छन् । उनीहरुमध्य २८ जनाले विष खाएर, १८२ ले झूण्डियर र ४ जनाले हाम फालेर आत्म हत्या गरेको उनले जानकारी दिए ।

उपरीक्षक पण्डितका अनुसार यस आर्थिक वर्षको सात महिनामा मात्रै जिल्लामा ११९ आत्महत्याका घटना दर्ता भएका छन् । जसमा महिला ३८, पुरुष ६८, बालक ३ र बालिका १० रहेका छन् । उनीहरु मध्ये १६ जनाले बिष खाएर, १ जनाले आगो लगाएर, १०१ जनाले झुण्डिएर आत्महत्या गरेको उनले जानकारी दिए ।

त्यस्तै भरतपुर अस्पतालका मानसिक रोग विशेषज्ञ सुनिलकुमार शहाले आत्महत्या विश्वभर क्रमिक रुपमा बढ्दै गएको घटना भएको जानकारी दिए । उनी भन्छन्, ‘यो नेपालको मात्रै नभएर विश्वभर दैनिकरुपमा बढ्दै गएको घटना हो । जसलाई रिस तथा आवेगमा गर्ने आत्महत्या र योजनाबद्ध आत्महत्या गरी दुई प्रकारमा विभाजन गरिएको छ । ’ विश्वको तथ्यांक हेर्दा हरेक वर्ष ८ लाख मानिसले आत्महत्या गर्छन् भने ४० सेकेन्डमा १ जनाले र एक दिनमा २० देखि २२ जनाले आत्महत्या गर्ने उनको भनाइ छ । महिला, पुरुष, बालबालिका सबैले आत्महत्या गरे पनि धेरै पुरुषले गर्ने बताउँछन् । उनी भन्छन्, ‘ धेरै महिलाले आत्महत्याको प्रयास गरे पनि पुरुष आत्महत्यामा सफल भएको कारण पुरुषको संख्या धेरै भएको हो । ’

आत्महत्याको कारण

विशेषज्ञ शाहले बढ्दो आर्थिक मन्दीका कारण, राजनीतिक कारण, कोरोना महामारीपछि समाजसँगै गतिविधि परिर्वतन हुँदा, बेरोजगारीको कारण, समाजका व्यक्तिले मानसिक रोगका बिरामीलाई हेला गर्दा मानिसले आत्महत्या रोज्ने गरेको बताए । त्यस्तै, जनचेतनामा कमी हुँदा, परिवारमा झै–झगडा हुँदा, बालबालिकालाई घर बाहिरी वतावरणमा खेल्न नदिँदा, बढी मोबाइलमा केन्द्रित हँुदा तथा मोबाइलमा विभिन्न गेम खेल्दा , मानसिक रोग सम्बन्धी ज्ञान नहुदा आत्महत्याका घट्ना बढ्ने गरेको डा शाहाले जानकारी दिएका छन् ।

आत्महत्याको रोकथामस्

मानसिक रोग विशेषज्ञ डा शाहका अनुसार सर्वप्रथम आत्महत्याका घटनालाई नियन्त्रण गर्न पहिले आफूमा भएको रोग र समस्यालाई चिन्नु र मान्न सिक्नु पर्छ । जनचेतना तथा अभिमुखीकरण कार्यक्रमको आयोजना गर्नुपर्ने र मानसिक रोग सम्बन्धि समस्या देखा परे डाक्टरसँग सल्लाहा लिनुपर्ने र नियमित उपचारमा आउनुपर्ने शाहाको भनाइ छ ।

आन्य समाचारहरु:-
December 9, 2023
टिकौली चौरमा मंसिर २५ गते देखि दोस्रो रत्नप्रिय कप हुँदै

रत्ननगर । रत्ननगरको टिकौलीचौरमा यही मंसिर २५ गते सोमबार देखि दोस्रो रत्नप्रिय कप फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं ९ मा रहेको रत्नप्रिय क्वलको आयोजनामा प्रतियोगिता हुन लागेको […]

December 8, 2023
उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्य घट्यो, काउली किलोको पाँच रुपैयाँ ...

उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्य घट्यो, काउली किलोको पाँच रुपैयाँ चितवन, मंसिर २१- तरकारीको उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्यमा भारी गिरावट आएको छ । सबैको बारीमा तरकारी उत्पादन हुन थालेपछि तिहारपछि […]

December 7, 2023
चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने

चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने चितवन, मंसिर २१- चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको […]

December 6, 2023
रत्ननगर मेयर कप : इच्छाकामनालाई हराउदै रत्ननगर फाइनलमा प्रवेश

रत्ननगर । रत्ननगर नगरपालिका चितवन अन्तरपालिका मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रत्ननगर खेलकुद विकास समितिले नेपाल माविको खेलमैदानमा आयोजना गरेको प्रतियोगितामा इच्छाकामना गाउँपालिकालाई पराजित गर्दै रत्ननगर […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram