Listen Live: 

दाउराले हानेर आमाको हत्या गरेको आरोपमा पक्राउ

Radio Chitwan
शुक्रबार, फाल्गुन १२, २०७९

चितवन । चितवन प्रहरीले भरतपुर महानगरपालिका–११ गणेशस्थानका ४० वर्षीय पुरन घलेलाई दाउराले हानेर आमाको हत्या गरेको आरोपमा पक्राउ गरेको छ । हिजो राति ९ः२५ बजेको समयमा ७८ वर्षीय मिना कुमारी घले घरमै मृत अवस्थामा फेला परेपछि चितवन प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

घटनाको प्रारम्भिक अनुसन्धान गर्दा आमा छोरा बीच बिवाद हुँदा मृतककै कान्छो छोरा पुरन घलेले मादक पदार्थ सेवन गरी दाउराले आमाको टाउकोमा प्रहार गरी हत्या गरेको खुलेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

घटना लगत्तै पुरन फरार भएका थिए । उनलाई आज बिहान साढे १२ बजे घर नजिकै रहेको चौरमा लुकिछिपी बसेको अवस्थामा फेला पारीएको उनले बताए । चितवन जिल्ला अदालतबाट कर्तब्य ज्यान सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान गर्ने कार्य भइरहेको उनको भनाइ छ ।

आन्य समाचारहरु:-
September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

September 16, 2023
उत्कृष्ट समिति र भातृ संस्थालाई मगर संघको सम्मान

नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]

September 12, 2023
प्रधानमन्त्री, एमाले अध्यक्ष ओली लागायत शीर्ष नेता पुगे शिक्षण अस्पताल

काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]

September 5, 2023
‘बालेनहरु’लाई तह लगाउन सरकारले थाल्यो कानुन निर्माणको तयारी

काठमाडौं, भदौ १९– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधि र अभिव्यक्ति संविधान र कानुनविपरीत बन्दै गएका बेला सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई नियमन गर्ने कानुन निर्माणको तयारी थालेको छ । संविधान […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram