Listen Live: 

नारायणी नदी किनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको ३०औँ दिन शुक्रबार सवा करोड दिप प्रज्वलन गरिँदै

Radio Chitwan
शुक्रबार, फाल्गुन १२, २०७९

चितवन । नारायणी नदी किनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको ३०औँ दिन शुक्रबार सवा करोड दिप प्रज्वलन गरिँदै छ । दिप प्रज्वलनका लागि आवश्यक तयारी सकिएको महायज्ञ संयोजक एवम् श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधी भारद्धाजले जानकारी दिए ।

भोलि दिउँसो १२ बजेबाट पाँच सरे सवा करोड दिप प्रज्वलन गरिने छ । दिप प्रज्वलन गर्न विभिन्न आमा समूहले नाम टिपाएका छन् । कोटिहोम महायज्ञका अध्येता एवम् राष्ट्र गुरु योगी नरहरिनाथलाई सम्झदै कोटिहोम महायज्ञ गरिएको हो । महायज्ञमा १०८ कर्मनिष्ठ ब्राह्मणहरूद्वारा सवा करोड गायत्री मन्त्रद्वारा हवन, तर्पण एवम् मार्जन हुँदै आएको छ ।

महायज्ञमा बिहीबार बैष्णव परिषद्का केन्द्रिय अध्यक्ष तथा लक्ष्मी नारायण मन्दिर धनगढीका पीठाधिस आवाहल ब्रम्हचारी स्वामी १००८ देवराज आचार्यजी महाराजको आगमन भएको थियो । साथमा प्रसिद्ध कथा वाचक विष्णुप्रसाद ज्ञवाली, योगी खेचरनाथ र विश्व हिन्दु महासंघका अरुण कुमार पाण्डेले पनि महायज्ञको दर्शन एवम् अवलोकन गरेका छन् । फागुन १५ गते सकिने महायज्ञमा भक्तजनको सहभागीता बढ्दै गएको छ ।

आन्य समाचारहरु:-
September 26, 2023
चितवन राष्ट्रिय निकुञ्जका पुष्पा र अञ्जली मङ्गलबार कोशी पठाइँदै

चितवन असोज ८- चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा गैँडा पुष्पा र अञ्जली मङ्गलबार कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । गैँडा नभएको कोशीमा पुष्पा र अञ्जली मात्रै हुनेछन् । […]

September 26, 2023
कालिका नगरपालिका–७ मा युवासंघ वडा कमिटी गठन

कालिका, असोज ८– राष्ट्रिय युवा संघ नेपालको संगठन विस्तार अभियान अन्तर्गत कालिका नगरपालिका– ७ मा रवि गिरीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गरेको छ । उपाध्यक्षमा विक्रम सिंजालीमगर, सचिवमा रुपेश […]

September 23, 2023
राप्तीको भण्डारामा असोज २३ देखि दशै मेला हुने

राप्ती ०६ असोज । पूर्वी चितवनको राप्तीमा असोज २३ गतेबाट राप्ती राप्ती दसैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले बडादसैंको अबसर पारेर स्थानीय […]

September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram