Listen Live: 

रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको एचपिभी खोपसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

Radio Chitwan
शुक्रबार, फाल्गुन १२, २०७९

रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजना बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सहयोगमा एकदिने एचपिभी खोपसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।पाठेघरको मुखको क्यान्सर रोकथामका लागि ११ वर्षदेखि १३ वर्षसम्मका बालिकाहरुलाई दिइने एचपिभी खोपका सम्बन्धमा रत्ननगर नगरपालिकाभित्रका २९ सामुदायिक र २७ संस्थागत विद्यालयका प्रधानाध्यापक, प्राचार्य र स्वास्थ्य शिक्षा अध्यापन गराउने शिक्षकशिक्षिकाको लागि अभिमुखीकरण कार्यक्रम गरिएको हो ।रत्ननगर नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठकको अध्यक्षता एवं नगरशिक्षा अधिकारी तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत बद्रिनारायण शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यक्रम संयोजक डा. कृष्णप्रसाद सुवेदीले महिलाको पाठेघरको क्यान्सर नहोस् भन्ने उद्देश्यले क्यान्सर अस्पतालले स्वास्थ्य मन्त्रालयसँग पहल गरी रत्ननगरका ५६ विद्यालयमा अध्ययनरत ११ वर्षदेखि १३ वर्षसम्मका बालिकाहरुलाई एचपिभी खोप लगाउन लागिएको बताए ।कार्यक्रमको सञ्चालन रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले गरेका थिए । रत्ननगरका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा फागुन १४ गतेदेखि १९ गतेसम्म एचपिभी खोप लगाउन शिक्षक शिक्षिकालाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।

आन्य समाचारहरु:-
April 21, 2024
रत्ननगरमा बालअधिकारका लागि चर्चा र जागरुकता

रत्ननगर । चितवनको रत्ननगरमा बाल अधिकारको विषयमा चर्चा गर्दै योजना कार्यान्वयको लागि जागरुकताका लागि आइतबार अन्तरक्रिया कार्यक्रम गरिएको छ । रत्ननगर नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले बालमैत्री निरन्तरता […]

April 21, 2024
रत्ननगरका संस्थागत विद्यालयलाई भर्ना शुल्क नलिन नगरपालिकाे पत्रचार

रत्ननगर । चितवनकाे रत्ननगर नगरपालिका भित्र रहेका संस्थागत विद्यालयहरुलाई भर्ना शुल्क नलिन नगरपालिकाले निर्देशन दिएकाे छ ।  कार्यपालिकाको  बैशाख ९ गतेकाे निर्णय र नगर  शिक्षा ऐन २०७४ संशोधन सहितको दफा […]

April 20, 2024
चितवनको रत्ननगर वडा नं ५ मा शनिबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा २६४ जनाले सेवा लिगेका छन ।

रत्ननगर । शिविरमा छालाराेगका २१ जना , बालराेगका ३१ जना, स्त्रीराेगका २२ र हाड जाेर्नी राेगका १९० जना गरि  २६४ जनाले स्वास्थय परिक्षण गराएका हुन। भने  १२२ जनाले प्रयोगशाला सेवाकाे […]

April 20, 2024
समाजवादी प्रेस संगठनद्धारा अन्तरक्रिया र सम्मान कार्यक्रममुलुकलाई उकुसमुकुसबाट निकाल्नुपर्छ : महासचिव भुसाल

बुटवल, बैशाख ८ । नेकपा एकीकृत समाजवादीका महासचिव एवं पूर्वमन्त्री घनश्याम भुसालले मुलुकलाई उकुसमुकुसबाट बाहिर निकाल्नका लागि नेकपा एकिकृत समाजवादी निर्णायक हुने बताएका छन् । उनले आफूहरु अंकगणितको हिसाबले सानो […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram