ठमाडौं, कात्तिक १२- दुई साताभन्दा बढी समयको अन्तरालपछि आइतबार प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। यसअघि असोज २६ गते बैठक बसेको थियो। यो बैठकमा सभामुखले प्रधानमन्त्री […]
एमसीसीका विषयमा जथाभावी नबोल्न र नलेख्न नेताहरूलाई माधव नेपालको निर्देशन

काठमाडौं, फागुन २५ । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले एमसीसीका विषयमा जथाभावी नबोल्न र नलेख्न आफ्ना नेताहरूलाई निर्देशन दिएका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीको सन्दर्भमा पार्टीका केही नेताले अत्यन्तै गम्भीर र आपत्तिजनक कुरा फेसबुकमा लेखेको भन्दै गल्ती स्वीकार गर्न चेतावनी दिएका छन् । काठमाडौंमा बुधबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले एमसीसीबारे जथाभावी नबोल्न र सामाजिक सञ्जालमा पनि नलेख्न नेताहरूलाई निर्देशन दिएका हुन् ।
एमसीसीविरुद्ध अभिव्यक्त विचार फिर्ता लिन नेताहरूलाई निर्देशन दिँदै उनले भने, ‘एमसीसीको विषयमा अत्यन्तै गम्भीर कुरा फेसबुकमा लेख्नुभएको छ । ती कुराहरू आपत्तिजनक छन् । पार्टीले सहन सक्दैन । बहुमतको निर्णय पार्टीको निर्णय हुन्छ । आफ्नो गल्ती स्वीकार्नुस् । अन्यथा स्पष्टीकरण सोध्नुपर्ने अवस्था आउँछ ।’
एमसीसीका विषयमा नेता झलनाथ खनालको फरक विचार सार्वजनिक भइरहेका बेला अध्यक्ष नेपालको सो निर्देशन आएको हो ।
चितवन, असोज २७ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई गठबन्धनले विश्वासको मत दिने वताउनुभएको छ । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले कोशीका मुख्यमन्त्री गठबन्धनका पनि […]
काठमाडौँ, असोज २७- केही दिनअघि कांग्रेस ३२ सीटे माओवादीको पछि हिँडेको टिप्पणी गरेका एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्तिप्रति नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कटाक्ष गरेका छन्। ओलीको उक्त अभिव्यक्तिप्रति जवाफ […]
चितवन, असोज १९- अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले हत्या आरोपमा दोषी ठहर भएका कांग्रेस कार्यकर्ता रिगल ढकाललाई आम माफि दिएको विषयमा आफुलाई थाहा नभएको स्पष्ट पारेका छन् । नेपाल प्रेस यूनियन […]