Listen Live: 

सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गणीमाई बाहिनी मकवानपुरले भूकम्प र आगलागीसम्बन्धी कृत्रिम अभ्यास कार्यक्रम सम्पन्न

Radio Chitwan
बिहिबार, फाल्गुन ११, २०७९

चितवन। सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गणीमाई बाहिनी मकवानपुरले भूकम्प र आगलागीसम्बन्धी कृत्रिम अभ्यास कार्यक्रम सम्पन्न गरेको छ । भरतपुर महानगरपालिका–२ क्याम्पाचौरमा कृत्रिम अभ्यास गरेको हो ।

भरतपुर महानगरपालिका र नेपाल रेडक्रस सोसाइटी चितवन शाखाको सहयोगमा आज पहलता नामक नाटकको कृत्रिम अभ्यासमा गरिएको हो । नेपाल भूकम्पको जोखिमका दृष्टिले ११ औँ स्थानमा रहेको छ । भूकम्पका समयमा कसरी उद्धार गर्ने र आगलागीका समयमा कसरी क्षति काम गर्ने भन्ने विषयमा कृत्रिम अभ्यास गरिएको हो ।

कृत्रिम अभ्यासको अवलोकन पछि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सबै खाले जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो । जोखिमको समयमा उद्धार टोलीलाई समेत तयारी अबस्थामा राखिनुपर्ने उहाँको भनाइ थियो । विपत्ति समय हेरेर नआउने भन्दै उहाँले यस्ताखाले जोखिम न्यूनीकरणमा महानगर सधैँसँगै रहेको बताउनुभयो । विपद्भन्दा हामीले बनाएका संरचना समस्याको रुपमा रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “विपद्का समयमा हाम्रा संरचनाले ठूलो क्षति पु¥याउने गरेको छ ।”

चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले नियमितरुपमा गरिने यस्ता अभ्यासले जनताको सुरक्षाका विषयमा ज्ञान बढ्दै जाने बताउनुभयो । जिल्लामा रहेका सबै पालिकासँगको समन्वयमा जिल्ला विपद् व्यवस्थापन समितिले काम गर्दै आएको उहाँले बताउनुभयो । कार्यक्रममा बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक लक्ष्मणबहादुर सिंहले विपद्को समयमा सशस्त्र प्रहरी बल सधैँ अग्र पङ्क्तिमा रहेर काम गर्दै आएको बताउनुभयो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram