Listen Live: 

रत्ननगर नगरपालिकामा सरकारी जागिरका लागि लोकसेवा तयारी कक्षा सुरु

Radio Chitwan
बिहिबार, फाल्गुन ११, २०७९

चितवन। रत्ननगर नगरपालिकामा सरकारी जागिरका लागि लोकसेवा तयारी कक्षा सुरु गरिएको छ । सो नगरपालिकाको वडा नं १५ ले चितवनमै पहिलो पटक लोकसेवा तयारी कक्षाको तालिम सुरु गरेको हो।

माधवपुर माविमा आयोजित कार्यक्रममा रत्ननगरका मेयर प्रल्हाद सापकोटाले उद्घाटन गरेका छन् । सो अबसरमा मेयर सापकोटाले आफ्नै देशमा रोजगारीको सम्भावना देख्ने युवाहरुको कमी भएको बताए । जग्गा बेचर विदेश जाने चलन स्थापित भएको छ उनले भने क्षमता भएका युवाहरुलाई स्वदेशमै धेरै अबसरहरु छन् ।

मेयर सापकोटाले आत्मविश्वास र मिहिनेती युवाहरुका लागि स्वदेशमै पैसा कमाउन सक्ने थु्रपै सम्भावना रहेको बताए । लोकसेवाको तयारी कक्षा सुरु गर्नुपूर्व वडा कार्यालयले गरिव तथा विपन्न समुदायका युवाहरुलाई प्राथमिकतामा राखेर एक महिना अघि आवेदन माग गरेको थियो ।

लोकसेवा तयारी कक्षामा ५२ जनाको सहभागिता रहेको वडाध्यक्ष आशिक तामाङले जानकारी दिए । ४५ दिन सम्म चल्ने सो कार्यक्रममा नायब शुब्बा र वागमती प्रदेशको पाँचौं तहको पहिलो र दोस्रो पेपर पढाई हुने उनले जानकारी दिए ।

प्लस २ पास गरेका वडा भित्रका युवाहरुलाई समेत प्राथमिकतामा राखेर कक्षामा सहभागिता गराइएको छ । शैक्षिक बेरोजगार न्यूनीकरण गरी रोजगारी सृजना गर्न लोकसेवाको तयारी कक्षा सञ्चालन गरिएको वडाध्यक्ष तामाङले बताए ।

प्लस २ गरेका युवाहरु स्वदेशमा रोजगारी नपाएर विदेशिने गरेको भन्दै वडाध्यक्ष तामाङले विदेश पलायन हुनबाट रोक्न र न्यून आय भएका युवाहरुलाई राज्यको प्रशासनिक निकायमा प्रवेश गराउने उद्देश्य रहेको बताए ।

स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि जनताले त्यसको राम्ररी अनुभव गर्न पाएका छैनन् वडाध्यक्ष तामाङले भने ‘विकास निर्माणको काम प्रक्रियागत रुपमा हुने कुरा हुन, जनतालाई जनप्रतिनिधिको अनुभव गराउन नयाँ कामको सुरुवात गर्न लागेका हौं ‘।

सरकारी जागिर खान चाहने युवाहरुले किताब पढेर लोकसेवा आयोगको परीक्षा दिने प्रबृतिको अन्त्य गर्न तयारी कक्षा सञ्चालन गरिएको उनको भनाई छ ।

उद्घाटन कार्यक्रममा उपमेयर यादवप्रसाद पाठकले लोकसेवा तयारी कक्षा पहिलो पटक आयोजना गरिएकोले सफल हुनेमा विश्वास व्यक्त गरे । ‘यो नौलो र महत्वपूर्ण कार्यक्रम हो उनले भने यो असफल भयो भने फेरी सञ्चालन गर्दैैनौं’ ।

कार्यक्रममा नगरपालिकका लेखा शाखा प्रमुख कृष्णप्रसाद सुवेदीले तयारी कक्षाको उद्देश्य र प्रक्रियाका बारेमा जानकारी गराएका थिए ।
वडाध्यक्ष तामाङको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य शिवप्रसाद तिवारीले स्वागत मन्तव्य राखेका थिए ।

वडा सचिव रुपबहादुर पण्डितले सञ्चालन गरेको कार्यक्रममा वडा नं १६ का वडाध्यक्ष हेमराज थापा, वडा नं १५ का निर्वतमान वडाध्यक्ष हुमनाथ लामिछाने, राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram