Listen Live: 

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल नेतृत्वको टोलीले बिहीबार नारायणी नदी किनार प्रर्दशनी मैदानको निरीक्षण

Radio Chitwan
बिहिबार, फाल्गुन ११, २०७९

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल नेतृत्वको टोलीले बिहीबार नारायणी नदी किनार प्रर्दशनी मैदानको निरीक्षण गरेको छ ।
‘भरतपुर भ्रमण वर्ष २०८०’ को पूर्वसन्धयामा नारायणी नदी किनारमा निर्माणधिन ‘सि बिच मोडल’ को मेयर दाहाल नेतृत्वको टोलीले निरीक्षण एवम् अवलोकन गरेको हो ।

भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा ‘सि बिच’ मोडलको तटबन्धको काम सुरु भएको छ । नदी किनारको ६५० मिटरको दुरीमा सिढि र चौतारीसहितको तटबन्धको काम सुरु भएको हो । त्यसको लागि आठ मिटरको ‘पाइल’ गाड्ने काम भइरहेको छ ।
निरीक्षणको क्रममा प्रमुख दाहालले ‘सि बिच मोडल’ को भौतिक प्रगति, सर्वाजनिक जग्गामा बनेका अवैद्य संरचना, नारायणी नदी क्षेत्रमा रहेका व्यवसायको व्यवस्थितिकरण र सरसफाईको बारेमा चासो राख्नु भएको थियो ।पछिल्लो समय नारायणी नदी किनारमा अब्यवस्थित व्यवसायहरुका कारण अस्तव्यस्त हुन थालेको भन्दै मेयर दाहालले चिन्तासमेत व्यक्त गर्नुभयो ।

भरतपुर महानगरपालिकाका प्रमुख दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, पर्यटन विज्ञ, भरतपुर महानगरपालिकाका ईन्जिनियरसहित नारायणी नदी किनार पुगेको टोलीले भ्रमण वर्षलाई लक्ष्ति गरेर बाँकी भौतिक कार्यलाई तीब्र रुपमा अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।
नारायणी नदी किनारलाई ब्यवस्थित पर्यटकीय स्थलका रुपमा विकास गर्न हरियालीसहित ‘सि बिच मोडल’ लाई विभिन्न मन्त्रालयको बजेटमा सौन्दर्यकरणको काम भइरहेको छ ।

भरतपुर महानगरपालिकाले विस २०८० लाई भ्रमण वर्ष मनाउने गरी बृहत छलफल गरिरहेको छ । महानगरपालिकाले भरतपुरमा भईरहेको विकास र यहाँका पर्यटकीय गन्तव्यलाई देश, विदेशमा सन्देश फैल्याउने उद्देश्यसहित भ्रमण वर्ष मनाउन लागेको छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram