Listen Live: 

रोकिएन सानै उमेरमा आमा बन्ने क्रम

Radio Chitwan
बिहिबार, फाल्गुन ११, २०७९

चितवन,फागुन ११(

सरकारले ‘बिहेबारी २० वर्ष पारी’ भन्ने नारा कार्यान्वयनमा ल्याए पनि सानो उमेरमै आमा बन्ने क्रम रोकिएको छैन । स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा तीन हजार ६९ जना २० वर्ष भन्दा कम उमेरका महिला आमा बनेका छन् । कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार उनीहरुमध्ये दुई हजार छ सय ६३ जनाले दक्ष प्रसूतिकर्मीबाट सेवा लिएका छन् भने तीन सय ८६ जनाले दक्ष स्वास्थ्यकर्मीबाट सेवा लिएका छन् ।

यस्तै अन्य स्वास्थ्यकर्मीबाट सेवा लिने १८ जना र दुई जनाले घरमानै नवजात शिशु जन्माएका हुन् । उहाँले भन्नुभयो,“यसै वर्षबाट यो तथ्याङ्क राखिएको हो । गत वर्षको तुलना गर्न सकिँदैन ।” चालु आर्थिक वर्षको हालसम्म २० वर्ष माथिका ६ हजार तीन सय ८९ जनाले शिशु जन्माएको उहाँले बताउनुभयो । उनीहरुमध्ये दुई हजार एक सय ८६ जनाले दक्ष प्रसूतिकर्मीबाट, चार हजार सात सय ४३ जनाले दक्ष स्वास्थ्यकर्मीबाट, २१ जनाले अन्य स्वास्थ्यकर्मीबाट र ३९ जनाले घरमानै बच्चा जन्माएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

उहाँका अनुसार जिल्लामा यसवर्षको हालसम्म एक सय ३९ शिशु मृतावस्थामा जन्मिएका थिए । यस्तै दुई सय ३३ आमाले दुई शिशु जन्माएका छन् । अघिल्लो आर्थिक वर्षमा दुई हजार सात सय पाँच जनाले २० वर्ष भन्दा कम उमेरमा पहिलो गर्भ जाँच गराएका थिए । तीमध्ये १६, २०, २४,३२ र ३६ हप्तामा एक हजार ४६ जनाले गर्भ परीक्षण गरेको कार्यालयको तथ्याङ्कले देखाएको छ । सोही समयमा २० वर्ष भन्दा माथिका १८ हजार तीन सय ३९ जनाले पहिलो पटक गर्भ परीक्षण गराएका थिए । भरतपुर अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा रामप्रसाद सापकोटाका अनुसार कम उमेरमा नवजात जन्माउँदा आमा र शिशु दुबैको ज्यानको खतरा हुने गर्दछ ।

कम उमेरमा शिशु जन्माउँदा आमा शारीरिक तथा मानसिक रुपमासमेत तयार भइसकेको नहुँने भएकाले शिशुका स्वास्थ्यमा समस्या आउने सक्ने उहाँले बताउनुभयो । उहाँका अनुसार सानो उमेरमा विवाह गरेर शिशु जन्माउने गर्दा पाठेघरमा समस्या आउने गरेको छ । बढी सङ्ख्यामा ग्रामीण क्षेत्र र सीमान्तकृत समुदायमा यो समस्या रहेको उहाँको भनाइ छ ।

चेतनाको अभावका कारण यो समस्या देखिएको जनाउँदै उहाँले भन्नुभयो,“परीक्षणमा आउनेलाई गाउँमा सानै उमेरमा विवाह गर्न नहुने सम्बन्धी चेतनासमेत दिने गरेका छौँ ।”सानो उमेरमा शिशु जन्माउँदा आमामा उच्च रक्तचापका कारण बेहोस हुने, शिशु कम तौलको जन्मने, आमामा सङ्क्रमण हुने जस्ता समस्या देखिने गरेको उहाँले बताउनुभयो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram