Listen Live: 

खैरहनी नगरपालिकाको समन्वयको कमीले आजदेखि हुने प्रथम क्रिकेट एकेडेमी लिग क्रिकेट प्रतियोगिता रोकियो

Radio Chitwan
बिहिबार, फाल्गुन ११, २०७९

चितवन, फागुन ११–

खैरहनी नगरपालिकाको समन्वयको कमीले आजदेखि हुने प्रथम क्रिकेट एकेडेमी लिग क्रिकेट प्रतियोगिता रोकिएको छ ।

खेलको लागि वडा नं। ५ स्थित निर्माणाधिन खैरहनी रंगशाला उपलब्ध गराउने अनुमति दिएको पालिकाले ठेकेदार कम्पनीसँग समन्वय नगरिदिँदा प्रतियोगिता रोकिएको हो ।

प्रतियोगिताको लागि तयार पार्दै गरिएको मैदान अर्को दिन जादा जोतिएको अवस्थामा भेटिएको इष्ट्रन क्रिकेट एकेडेमी ९इसीए० रत्ननगर नगरपालिका –३ टाँडीका प्रवन्ध निर्देशक आकाश थापाले बताए । उनले भने, ‘नगरपालिकाले क्रिकेट टुर्नामेन्टको अवधिभरका लागि खेल मैदान उपलब्ध गराउने अनुमति दिएको हो । खेलका लागि अनुकुल मैदान बनाउन नगरपालिकाले ३ घण्टाको लागि डोजर समेत उपलब्ध गरायो । यसमा हामी खुसी थियौं तर खेल सुरु हुने २–३ दिन अगाडि तयार पारिँदै गरेको मैदान जोतिएको अवस्थामा थियो । ’

कुनै खबर नै नगरी तयार पारिएको मैदान जोतिँदा प्रतियोगिता अन्योलमा परेको थापाले बताए । ‘थापाले मैदान तयार गरिरहँदा १५ हजार भन्दा धेरै खर्च लागेको जीकिर गरे । उनले भने, क्रिकेट खेल्नको लागि मैदान सम्याउँदा २ टिप माटो खसाले । एक टिप माटोको ७ हजार पर्छ । सँगै कामदार पनि थिए । १५ हजार बढी खर्च भयो’, उनले सुनाए । अब प्रतियोगिता टिकौली जंगलमा रहेको खेल मैदानमा गराउने कि भन्नेमा छलफल भइरहेको उनले जानकारी दिए । फेरि सोही ठाउँमा खेल सञ्चालन गर्न ६० हजार खर्च लाग्ने भएपछि मैदाननै परिवर्तन गर्न लागिएको थापाको भनाइ थियो ।
खैरहनी नगरपालिकाका मेयर शशीकुमार खनियाँले पालिकाले कुनै अनुमति नदिएको दाबी गरेका छन् । उनले भने, ‘जो पनि आएर खेल्छन् यहाँ । उनीहरुले हामीसँग अनुमति लिएका छैनन् । कति रुपैयाँमा अथोरिटी लिनुभयो देखाउनुस् रु’

पालिकाले खेल मैदान उपलब्ध गराउने अनुमति भने फागुन ३ गते आयोजकलाई दिएको देखिन्छ । जसमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माको हस्ताक्षर रहेको छ । खेल खेल्न अनुमति दिएर ठेकेदारसँग किन समन्वय गरिएन भन्ने प्रश्नमा शर्माले विवादमा तान्न खोजिएको भन्दै फोन राखे ।

प्रतियोगिता फागुन ११ गतेदेखि २२ गतेसम्म चल्ने फागुन ६ गते भरतपुरमा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको थियो ।
खेलमा ६ टिमबीच प्रतिस्प्रर्धात्मक प्रतियोगिता हुने बताइएको थियो । भरतपुरमा भएको पत्रकार सम्मेलनमा बितरित विज्ञप्ति अनुसार प्रतियोगितामा बिएम ब्लास्टर, टाँडी टाइटन्स,सौराहा स्याण्डर, नेप्लिज क्यानेडियन क्रिकेट क्लब, हानामी वारियर्स र भरतपुर इलेभेन गरी ६ टोलीको सहभागिता रहेको थियो ।

लिग जित्ने टोलीलाई नगद ५० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्रले सम्मान गरिने जनाइएको थियो । प्रतियोगितामा प्लेयर अफ द सिरिज विजेतालाई नगद १० हजार रुपैयाँ पुरस्कार राशीको व्यवस्था गरिएको थियो । यस्तै बेष्ट बलर र बेष्ट ब्याट्सम्यानका लागि जनही पाँच हजार रुपैयाँले सम्मान गरिने विज्ञप्तिमा उल्लेख छ ।

आन्य समाचारहरु:-
May 18, 2024
सनातन हिन्दुधर्म ध्वस्त भएका कारण राष्ट्रको अवस्था जरजर भएको छ : पूर्वमन्त्री पाण्डे

चितवन । चितवन क्षेत्र नं. ३ का सांसद एवं पूर्वमन्त्री बिक्रम पाण्डेले सनातन हिन्दुधर्म ध्वस्त भएका कारण राष्ट्रको अवस्था जरजर भएको उल्लेख गर्नुभएको छ । राप्रपा नगर कमिटी रत्ननगरले आयोजना […]

May 18, 2024
जीवन विकास लघुवित्तको वित्तीय साक्षरता : उत्कृष्ट कारोबार गर्ने सदस्य पुरस्कृत

रत्ननगर । जीवन विकास लघुवित्त वित्तीय संस्था लि.ले शनिबार वित्तीय साक्षरता तथा उत्कृष्टक करोबार गर्ने सदस्यहरुलाई पुरस्कृत गरेको छ । सो संस्थाको राप्ती शाखाले खैरहनीमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय […]

May 17, 2024
संरक्षणमा नेचर गाइडको भूमिका महत्वपूर्ण

मेघौली । वन्यजन्तु संरक्षणमा नेचर गाइडको भूमिका महत्वपूर्ण भएको कार्यक्रमका सहभागीहरूले बताएका छन। मेघौली– घटगाई नेचर गाइड एसोसिएसन भरतपुर चितवनको आयोजनामा शुक्रबार मेघौलीमा सम्पन्न स्थानिय निकायका साथै सरोकारवालाहरू सँग परिचयात्मक […]

May 17, 2024
राइटपाथ चितवनको ‘ग्रान्ड एजुकेसन कन्क्लेभमा’ विद्यार्थीहरूको उत्साहजनक सहभागिता

रत्ननगर, जेठ ४ । शैक्षिक परामर्श दाता संस्था राइटपाथ करियर काउन्सिलिङले चितवनमा आयोजना गरेको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ २०२४’ सम्पन्न भएको छ । शुक्रवार नारायणगढको लायन्सचोक स्थित संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram