Listen Live: 

‘जनयुद्ध दिवस’लाई हिंसा दिवस भन्दै ओलीले भने– राष्ट्रिय दिवस मान्ने सरकारको निर्णय दुःखद

Radio Chitwan
बिहिबार, फाल्गुन ११, २०७९

काठमाडौं,फागुन ११(

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिने सरकारको निर्णयप्रति दुख व्यक्त गरेका छन् । हिंसा दिवसलाई राष्ट्रिय दिवस बनाउने सरकारको निर्णय सही नभएको उनले बताए । आज आफ्नो जन्मदिनका अवसरमा निजी निवास बालकोटमा आयोजित कार्यक्रममा ओलीले सो टिप्पणी गरेका हुन् । उनले केही मान्छेहरुमा अझै पनि हिंसाको धङधङी रहेको बताए ।

‘हाम्रो देशमा हिंसा टुंगिएको थियो । तर हिंसाको धङ्धङी अझै पनि छ जस्तो देखिन्छ केही मान्छेका क्रियाकलाप र व्यवहारमा,’ ओलीले भने । हिंसाको मानसिकता र हिंसाप्रति गर्वगर्ने प्रवित्तिप्रति उनले चिन्ता व्यक्त गरे । ‘अहिलेकै सरकारले पनि हिंसा दिवसलार्ई राष्ट्रिय दिवस मनाउने दुखद निर्णय गर्यो रु फेरि फेरि फेरि सार्वजनिक विदा दिन सरकारको क्यालेन्डरमा नै यसलाई राख्ने काम भयो । सरकारले आकश्मिकरुपमा त्यो किन गनुपरेको हो रु आफैंले हिंसा छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि त्यसको महिनामण्डन गर्नुपर्यो रु मैले पनि बुझेको छैन । यसले सम्झिसम्झिकन हिंसाप्रतिको पुरानो लगाव सम्झिएजस्तो मात्र लाग्छ ।’

आन्य समाचारहरु:-
October 3, 2023
भूकम्पमा परी सुदूरपश्चिममा सात व्यक्ति घाइते

सुदूरपश्चिम, असोज १६-बझाङ केन्द्रविन्दु भएर आज दिउँसो गएको भूकम्पको धक्काका कारण घर तथा संरचना भत्कँदा पाँच जना घाइते भएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि […]

October 2, 2023
सरकारी जागिरका लागि रत्ननगरमा लोकसेवा तयारी कक्षा सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]

October 2, 2023
चितवनको ट्राफिक प्रहरीले चाडपर्व लक्षित गर्दै सुरु गर्‍यो,राजमार्गमा सवारीको गति मापन

चितवन, असोज  १४ –  चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]

October 1, 2023
२०८४ मा कि भ्रष्ट सकिन्छन् कि हामी सकिन्छौँः रवि लामिछाने

दाङ,असोज १३-

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram