Listen Live: 

आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले रात्रिकालीन उडान गर्ने

Radio Chitwan
बिहिबार, फाल्गुन ११, २०७९

काठमाडौं, फागुन ११(

आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले रात्रिकालीन उडान गर्ने भएको छ । विमानस्थलको अनुसार आजदेखि रात्रिकालीन उडानका लागि इन्स्ट्रमेन्ट फ्लाइट रुल्स ९आइएफआर० प्रणाली लागू भएको हो ।

‘यो प्रणाली लागू भएसँगै पोखरा विमानस्थलबाट रातिको समयमा पनि सहज रुपमा उडान र अवतरण गर्न सकिनेछ,’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले भने ।

विमानस्थल प्रमुख गौतमका अनुसार मंगलबार र बुधबार आइएफआर प्रणालीको परीक्षण गरिएको थियो । ‘अब विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म गरी १८ घन्टा सेवा दिन तयार छ,’ उनले भने । अहिले दिउँसो ४ बजेसम्ममात्रै उडान हुँदै आएको थियो ।

बुद्ध एयरको जहाज आइएफआर प्रणालीबाट बिहानको पहिलो फ्लाइट विमानस्थलमा अवतरण गरिसकेको विमानस्थलले जानकारी दिएको छ । यती एअरलाइन्स स्रोतका अनुसार उक्त प्रणालीबाट यतीले शुक्रबार जहाज उडान र अवतरण गर्ने तयारीमा छ ।

आन्य समाचारहरु:-
June 22, 2024
सक्षम आमा समुहमा महिला सशक्तिकरणका लागि प्रशिक्षण

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १० का महिलाहरुलाई महिला अधिकार, पहुँच तथा सशक्तिकरण सम्बन्धी प्रशिक्षण दिइएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा सक्षम आमा समूहले आयोजना गरेको कार्यक्रममा ७५ […]

June 20, 2024
झुवानीमा विद्यार्थीलाई आत्महत्या राेकथाम तथा मनोसामाजिक सचेतना

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ५ स्थित झुवानी माविका विद्यार्थीहरुलाई मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम तथा मनोसामाजिक परामर्श सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिइएकाे छ ।  नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीको आयोजना […]

June 17, 2024
प्रथम माधवपुर गाेल्डकपकाे आयव्याय सार्वजनिक

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १५ मा सम्पन्न प्रथम माधवपुर गाेल्डकपकाे आयव्याय सार्वजनिक गरिएकाे छ । आयाेजक माधवपुर खेलकेद विकास समितिले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरि आयव्याय सार्वजनिक गरेकाे […]

June 17, 2024
बंगलादेशले नेपाललाई दियो १०७ रनको चुनौती

काठमाडौं – आईसीसी टी–२० क्रिकेटको अन्तिम खेलमा नेपाललाई बंगलादेशले १०७ रनको चुनौती दिएको छ । नेपालसँग बंगलादेश १९.३ बल खेल्दै १०६ रनमा अलआउट भएको हो । बंगलादेशलाई सस्तैमा समेट्न नेपालका […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram