कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]
प्रेस युनियन चितवनले खुलायो सदस्यता

चितवन, फागुन १०–
नेपाल प्रेस युनियन चितवनले सदस्यता खुल्ला गरेको छ । सञ्चारकर्ममा सक्रिय रहेका पत्रकारहरुका लागि सदस्यता लिन आव्हान गरेको छ । बुधबार विहान बसेको कार्यसमिति बैठकले फागुन १६ गतेसम्म सदस्यता खुल्ला गर्ने निर्णय गरेको हो । अध्यक्ष अनिल ढकालले सदस्यता नविकरण र सदस्यता वितरणका लागि ४ सदस्यीय समिति बनेको बताए ।
सचिव प्रस्ताव सुवेदीको संयोकत्वमा बनेको समितिमा कोषाध्यक्ष विप्लव काफ्ले, सदस्यद्वय राजु चौधरी, विवेक न्यौपाने रहेका छन् । सदस्यताका लागि भरतपुर बसेनी स्थित कार्यालयमा सचिवालय राखिएको छ । सचिव सुवेदीले सदस्यताका लागि मिडियामा कार्यरत रहेको कागजपत्र अनिवार्य पेश गर्नुपर्ने बताए ।
परिचयपत्र सहित नविकरणका लागि ४ सय रुपैयाँ र नयाँ सदस्यका लागि ५ सय रुपैयाँ शुल्क तोकिएको छ । फागुन १६ गतेसम्म नविकरण नगर्ने सदस्यहरुको सदस्यता निष्कृय हुने समेत जनाइएको छ । प्रेस युनियनको जिल्ला अधिवेशन केही महिनामा हुदैछ । बैठकले जिल्ला शाखालाई क्रियाशिल बनाउदै पत्रकारहरुलाई एक्यवद्ध गर्न सदस्यता खुल्ला गरेको हो ।
काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]
चितवन, कात्तिक १३– चितवनको नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको भरतपुर महानगरपालिका–२२ का वडाबासीले अब निःशुल्क रगत पाउने भएका छन् । वडा कार्यालयले बजेट विनियोजन गरेर नेपाल रेडक्रस सोसाइटीसंग सम्झौता […]
काठमाडौं, कात्तिक १३- गाजामा इजरायली आक्रमणबाट ८ हजार ५०० प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् । अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८ हजार ५०० प्यालेस्टिनी […]