Listen Live: 

यातायात व्यवस्था सेवा कार्यालय बागमती प्रदेश भरतपुरले चालक अनुमति पत्र बितरणमा ढिलाइ

Radio Chitwan
बुधबार, फाल्गुन १०, २०७९

चितवन, फागुन १०–

यातायात व्यवस्था सेवा कार्यालय बागमती प्रदेश भरतपुरले चालक अनुमति पत्र बितरणमा ढिलाइ गरेको छ ।

विसं २०७९ जेठदेखि नयाँ लाइसेन्स बितरण गर्ने बताए पनि साउन, माघ, फागुन हुँदै बितरण गर्ने मिति विभिन्न कारण देखाउँदै सारेर आगामी चैतमा पु¥याएको हो ।

भवन तथा प्राविधिक कारणले समय सार्नु परेको कार्यालयका सूचना अधिकारी गोविन्दप्रसाद पौडेलले बताए । उनले भने, ‘फागुनको पहिलो हप्ता देखिनै सुरु गर्ने भनेका थियौं । तर, भवनको अभाव र प्राविधिक त्रुटिको कारणले केही समय लम्बिएको हो । सकभर यही महिनाभित्र अथवा चैतको पहिलो हप्ता भरीमा हामीले लाइसेन्स बितरण गर्ने तयारीमा छौं ।’

अहिले सेवा दिँदै आएको कार्यालयबाट सेवा दिन नसकिने हुँदा केहि समय कुर्नु परेको पौडेलको भनाइ थियो । ‘सेवा बिस्तारको लागि कार्यालयमा कोठा अभाव छ । छिट्टै हामीले भवन परिवर्तन गर्दै छौं । पहिलाको गेष्ट हाउसलाई यातायात कार्यालय बनाउने तयारीमा छौं । त्यहाँ केही काम हुँदै छ । बन्दै गरेको नयाँ भवनबाट नयाँ सवारी चालक परिचयपत्रको सेवा दिने छौं’, उनले बताए । गत माघको पहिलो सातामा सवारी चालक परिचयपत्र वितरण गर्ने भनेको यातायात कार्यालयले फागुनमा पनि बितरण गर्न नसक्ने भनेपछि फेरि चैतमा पु¥याएको हो । भरतपुरको केन्द्रीय बसपार्क पछाडि रहेको महालक्ष्मी ड्राइभिङ सेन्टरमा नयाँ लाइसेन्सको प्राविधिक परीक्षा सञ्चालन हुने जनाइएको छ ।

चार पटक सारियो मिति

विसं २०७९ जेठ दोस्रो सातादेखि चितवनमा नयाँ सवारी चालक अनुमतिपत्र दिने गरी तयारी थालिएको बताइएको थियो । तर, अदालतमा आवश्यक परीक्षास्थल छनोटको विषयमा मुद्दा परेपछि यो काम रोकिन गएको थियो ।

सर्वोच्च अदालतले चितवनबाट सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० वितरणको प्रकृया रोक्न आदेश दिएको थियो । टेण्डर प्रकृयामा असन्तुष्ट चितवन ड्राइभिङ स्कूलले गत असार १९ गते सर्वेच्चमा मुद्दा दिएको थियो । उसले बाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, श्रमरोजगार तथा यातायात मन्त्रालय, सार्वजनिक अनुगमन कार्यालय काठमाडौँ, र यातायात व्यवस्था सेवा कार्यालय भरतपुरलाई विपक्ष बनाएको थियो । २१ गतेको अदालतको आदेशले तत्काल काम कारबाही गर्न रोक लगाएको थियो । साउनदेखि लाइसेन्स बितरण गर्ने योजनासहित अगाडि बढेको काममै अन्यौलता छाएको थियो ।

लाइसेन्स वितरणको लागि प्रयोगात्मक परीक्षास्थल छनोट सम्बन्धमा सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेशको विरूद्धमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र यातायात ब्यवस्था कार्यालय भरतपुरले दर्ता गरेको भ्याकेटको पक्षमा फैसला भएपछि काम अगाडि बढाउन गत असोजमा बाटो खुलेको थियो ।
यसबाट सवारी चालक अनुमतिपत्रको लागि प्रयोगात्मक परिक्षास्थल छनोटको काम अगाडि बढ्यो । तर, असोजदेखि फागुनसम्म पनि आवश्यक तयारी गर्नबाट यातायात कार्यालय चुकेको छ ।

दुईपाङ्ग्रे, तीनपाङ्ग्रे तथा चारपाङ्ग्रे साना मझौला र ठूला सवारीसाधनको चालक अनुमतिपत्र दिने भनेर पटकपटक भनिँदै आइए पनि काममा ढिलाइ भएको छ । चितवनमा धेरै सवारीसाधन गुड्ने भए पनि सवारी अनुमतिपत्र लिन हेटौँडा वा काठमाडौँ पुग्नुपर्ने बाध्यताले सेवाग्राही हैरान छन् । यस प्रदेशमा हेटौँडामा एक ठाउँ र काठमाडौँमा चार ठाउँमा सवारी चालक अनुमतिपत्र दिइँदै आएको छ ।
बागमती प्रदेशमा झण्डै १८ लाख बढी व्यक्तिसँग सवारी चालक अनुमतिपत्र भएको प्रारम्भिक तथ्याङ्क छ । यातायात कार्यालयका अनुसार वार्षिक एक लाख नयाँ अनुमतिपत्र वितरण गरिँदै आएको छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram