Listen Live: 

बुटवल नारायणगढ चारलेन सडक निर्माणमा २६ प्रतिशत प्रगति हासिल

Radio Chitwan
बुधबार, फाल्गुन १०, २०७९

नवलपुर । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बुटवल नारायणगढ चारलेन सडक निर्माणमा २६ प्रतिशत प्रगति हासिल भएको छ ।

कावासोतीमा भएको कार्यालय प्रमुखहरुको एक बैठकमा सडक आयोजनाका इन्जिनियर धीरज ढकालले सो जानकारी दिएका हुन् । राष्ट्रिय गौरवको सडक निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले थप गरिएको परीक्षण अवधिको करिब ४ महिनामा कार्यप्रगति मासिक २ प्रतिशतले वृद्धि गर्दै लगेको छ ।

चाइना स्टेटले गत साउन २२ भित्र काम सम्पन्न गर्ने गरी आव ०७५÷७६ मा चारलेन सडक निर्माणको ठेक्का सम्हालेको थियो । तोकिएको समयमा काम नसकेपछि कम्पनीलाई सन्तोषजनक कार्यप्रगति देखाउने सर्तमा ३ सय ८४ दिनको समयसीमा पुनः थप गरिएको हो ।

सडक निर्माणका क्रममा चारलेन सडकअन्तर्गतका १२ ठूला पुलमध्ये सबैमा फाउन्डेसन, फाइल फाउन्डेसनको काम सकिनै लागेको, सवस्ट्रक्चर तथा सुपर स्ट्रक्चरको काम भइरहेको बताइएको छ । यसैगरी, माइनर ब्रिज २२ मध्ये १५ वटा सकिएको र ५ पुलमा निर्माण कार्य भइरहेको इन्जिनियर ढकालले बताए । कल्भर्टहरुमा २ सय १५ मध्ये ९३ कल्भर्ट निर्माणको काम सकिनुका साथै ४२ वटा निर्माणाधीन अवस्थामा रहेको बताइन्छ ।

यसका साथै हाल सडकका कतिपय ठाउँमा माटो पुर्ने, सम्याउने तथा मिलाउने काम भएको हुँदा लोकाहा पुलदेखि डण्डा पश्चिमको पथ्थर खोलासम्मको करिब ८ किमी क्षेत्रमा बेस तथा सवबेसको काम भइरहेको ढकालले बताए । उनले बताएअनुसार निर्माण कार्यमा आशातीत प्रगति नदेखिए पनि सडकमा निरन्तर काम भइरहेको र हाल माटो तथा निर्माण सामग्रीलगायत कुनै समस्या तथा बाधा, अवरोध रहेको छैन ।

यद्यपि, सडक निर्माणको गति देखेर स्थानीयहरु अत्ताल्लिएका छन् । विभिन्न बहाना बनाई पहिलोपटकको म्याद गुजारेको सडक निर्माण कम्पनीले उही कछुवा गति जारी राखे चारलेन सडक सम्पन्न हुन झन्डै थप ३ वर्ष लाग्ने जानकारहरु बताउँछन् । सहरी क्षेत्रमा ६ लेन, वन तथा खाली ठाउँमा ४ लेन र दाउन्ने पहाडमा ३ लेन रहने गरी डिजाइन भएको यो सडकको दाउन्ने क्षेत्रमा भित्तो खोतलेर सडक चौडा पार्ने काम भइरहेको छ ।

यसैबीच, नारायणगढदेखि दाउन्नेसम्म करिब ६४ किमी सडक समयमा नबन्दा स्थानीय बजार तथा सडकछेउका बासिन्दा र यात्रुहरु विगत ४ वर्षदेखि धुलैधुलोले पिरोलिएका छन् । निर्माण कम्पनीले पुनः ठेक्का नपाउँदासम्म परीक्षण र कार्यप्रगति देखाउने बहानामा सडकमा पानी छर्केर धुलो हटाए पनि हाल पानी हाल्ने काम सुस्ताएको छ ।

सडकमा समय–समयमा पानी नहाल्दा धुलो उडेर सडकमा हिँड्दै गरेका सवारीसाधन एकअर्कोबीच नै नदेखिने स्थिति बनेको चालकहरु बताउँछन् ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram