Listen Live: 

नेपाल मगर संघ, चितवनले ४१औँ राष्ट्रिय मगर स्थापना दिवस मनाउने तयारी

Radio Chitwan
मङ्लबार, फाल्गुन ९, २०७९

नारायणगढ । नेपाल मगर संघ, चितवनले ४१औँ राष्ट्रिय मगर स्थापना दिवस मनाउने तयारी गरेका छ। संघले यही फागुन १५ गते नारायणी नदी किनारमा विशेष कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागेको मंगलबार संघको कार्यालय नारायणगढमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो। १५ गते दिउँसो औपचारिक कार्यक्रम हुनुपूर्व नारायणगढको क्याम्पाचौरबाट पुतली बजार चोक, लिला चोक हुँदै नारायणी नदी किनार प्रदर्शनी मैदानसम्म झाँकीसहितको र्‍यालीसमेत आयोजना गर्ने तयारी भइरहेको संघका चितवन जिल्ला अध्यक्ष ठाकुरसिंह आलेमगरले जानकारी दिए।

कार्यक्रम अवधिभर विभिन्न खालका सांस्कृतिक प्रस्तुतिमार्फत मनोरञ्जन दिलाउने उनले बताए। दिनभर हुने कार्यक्रममा दुई वटा मौलिक कौराहासहित १८ वटा सांस्कृतिक प्रस्तुति रहने अध्यक्ष मगरले जानकारी दिए। साथै मगर संघलाई विशेष योगदान दिने व्यक्ति तथा मगर समुदायबाट विभिन्न ओहोदामा पुग्न सफल व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको उनले बताए। सामुदायिक विद्यालयबाट अध्ययन गरी विगतको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मगर विद्यार्थीलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको संघले जनाएको छ।

कार्यक्रममा चितवन जिल्लामा मगर संघअन्तर्गत सातवटा स्थानीय तह, ४८ वटा वडा समिति तथा आठ वटा भातृ संगठनको उपस्थिति रहनेछन्। करिब तीन हजार ५०० जनाभन्दा बढीको सहभागीतामा दिवस मनाउन लागेको नेपाल मगर संघका पूर्व केन्द्रीय सदस्य चन्द्रबहादुर रानामगरले जानकारी दिए। उक्त दिन देशभरका सबै जिल्लामा स्थापना दिवस मनाउने कार्यक्रम रहेको समेत उनले बताए।

मगर समुदायले २०१२ सालमा स्थापना भएको तत्कालीन अवस्थामा मगर समाज सुधार समितिको नामबाट देशभरका मगर जातिलाई एक ठाउँमा उभ्याउने प्रयास भएयता विभिन्न चरणमा संस्थाको नाम परिमार्जन हुँदै हाल नेपाल मगर संघ हुन आएको ऐतिहासिक दिन भएकोले २०३९ सालदेखि हरेक वर्ष फागुन १५ गते स्थापना दिवस मनाउन थालिएको उनले बताए।

आन्य समाचारहरु:-
September 12, 2024
पेवा साकोसको बार्षिकोत्सवमा रक्तदान : ११५ युनिट रगत संकलन

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा बिहीवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ११५ युनिट रगत संकलन भएको छ । पेवा बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिकोत्सवको अवसरमा भएको रक्तदान कार्यक्रममा […]

September 10, 2024
सौराहा बचतको साधारण सभा : तीन प्रतिवेदन पारित

रत्ननगर । सौराहा बचत तथा ऋण सहकारी संस्था लि.को मंगलबार २५औं बार्षिक साधारण सभा गरिएको छ । रत्ननगर नगरपालिका वडा नं ६ का वडाध्यक्ष किरण महतो प्रमुख अतिथि रहेको सो […]

September 10, 2024
मानसिक रोगले बढ्दै आत्महत्या, उपत्यका बाहिर सिमएसीमा धेरै बिरामीको उपचार हुदै

अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरी मानसिक रोगको उचारमा अस्पतालले गरेका प्रयास र मानसिक रोगको वर्तमान अवस्थाको बारेमा जानकारी गराएका छ । पत्रकार सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै डा.खगेन्द्र काफ्लेले आत्महत्याको मुख्य […]

September 7, 2024
नेपाल चेपाङ यूवा संघ कालिका नगर कमिटीले मनायो न्वागी पर्व

रत्ननगर भदौ २२ । चितवनको कालिका नगरपालिकाका चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व मनाएकाछन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram