Listen Live: 

सहरीकरण र मिश्रत समाजसँगै आधुनिकिकरणले संस्कृति, परम्परासँगै मातृभाषा पनि हराउँदै

Radio Chitwan
मङ्लबार, फाल्गुन ९, २०७९

चितवन । सहरीकरण र मिश्रत समाजसँगै आधुनिकिकरणले संस्कृति, परम्परासँगै मातृभाषा पनि हराउँदै गएको छ ।
मातृभाषाको प्रकाशन, अध्ययन अध्यापनको कमी, राज्यको बेवास्ता, विदेशी भाषा संस्कृतिको प्रभावका कारण मातृभाषा हराउँदै गएको जानकार बताउँछन् । नेपाल दराई उत्थान समाजका केन्द्रीय अध्यक्ष मङ्गलराम दराई युवा पुस्तामा मातृभाषा हराउँदै गएको बताउँनुहुन्छ । चितवन र तनहुँमा रहेका दराईहरुले मातृ भाषा बढी मात्रामा बोलिने भएपनि अन्य जिल्लामा ज्यादै न्यून हुँदै गएको उहाँले बताउनुभयो ।

नेपालका १६ जिल्लामा १६ हजार सात सय ८९ जनसङ्ख्या रहेको दराईका बालबालिकामा भने भाषाको ज्ञान ज्यादै न्यून रहेको उहाँको भनाइ छ । जीवन र जाति संरक्षणमा महत्वपूर्ण हुने मातृ भाषा हराउँदै जानुले भविष्यमा लोप हुने जोखिम रहेको उहाँको चिन्ता छ । सरकारले संस्थागत रुपमा अभियान सञ्चालन गरेर मातृभाषा संरक्षणमा काम गर्नुपर्ने उहाँको सुझाव छ । उहाँले भन्नुभयो “भाषा संरक्षणका लागि सङ्ग्रहालय जस्ता संरचना निर्माण गरेर काम गर्नुपर्छ । सञ्चारमाध्यमले पनि दराई भाषालाई स्थान दिनुपर्छ ।”

थारु कल्याणकारी सभाका महामन्त्री प्रेमिलालप्रसाद चौधरी पछिल्लो समय युवा पुस्तामा आफ्नो मातृभाषाको ज्ञान हुनुपर्छ भन्ने भावना जाग्दै गएको बताउनुहुन्छ । बीचको समयमा युवा पुस्तामा हराउँदै गएको भाषालाई पुनः जागृत गराउने कार्य भइरहेको उहाँ बताउँनुहुन्छ ।

उहाँले भन्नुभयो “मातृभाषाको संरक्षण गर्नुपर्छ भन्ने भावनाको विकास गर्दैछौँ ।” देशैभर बोल्ने थारु भाषालाई एउटै मानक भाषा बनाउने काममा कल्याणकारीसभा लागेको उहाँ बताउँनुहुन्छ । सरकारले समयमै भाषा संरक्षणमा काम गर्नुपर्ने उहाँको सुझाव छ । सभाले देशभर झण्डै ४० लाख थारु जाति रहेको जनाउँदै आएको छ भने सरकारी तथ्याङ्क १७ लाख मात्रै रहेको उहाँ बताउनुहुन्छ । झापादेखि कञ्चनपुरसम्मका तराई र भित्री मदेशमा थारु जातिको बसोबास छ ।

नेपालका चेपाङ युवा पुस्तामा पनि मातृभाषाको समस्या छ । चेपाङ सङ्घको शिक्षा विभाग हेर्दै आउनुभएका तिलकबहादुर चेपाङ ६८ प्रतिशतले मातृभाषा बोल्ने बताउँनुहुन्छ । भाषाको एकरुपताका लागि तालिम दिने कार्य भइरहेको उहाँको भनाइ छ ।

चेपाङ सङ्घले सबैतिरका चेपाङले बोल्ने भाषालाई संयोजन गरेर शब्दकोषसमेत प्रकाशित गरेको छ । उहाँको भनाइमा सहरीकरणसँगै युवा पुस्तामा भाषा कमजोर बन्दै गएको छ । यस्तै अवस्था रहेमा चेपाङ भाषा लोप हुने भन्दै उहाँले भन्नुभयो “सरकारले भाषा संरक्षणमा ध्यान दिएको देखिँदैन ।”

चितवन, मकवानपुर र गोरखाका तीन विद्यालयमा चेपाङको मातृभाषामा पढाइ हुँदै आएको छ । चेपाङका शिक्षित युवाले शिक्षक अनुमतिपत्र पाउन नसक्दा भाषा शिक्षकको अभाव भएको उहाँको गुनासो छ ।

नेपालमा ७९ हजार चेपाङ समुदाय रहेको तथ्याङ्क छ । जसको ३६।१ प्रतिशत मात्रै साक्षर रहेको उहाँले बताउनुभयो । नेपाल बोटे समाज चितवनका अध्यक्ष इन्दिरा बोटे ५० प्रतिशतले मात्रै मातृभाषा बोल्ने गरेको बताउँनुहुन्छ । उहाँले भन्नुभयो “भाषा र संस्कृति हराइसक्यो, जगेर्नाका लागि सुरुवात गरेका छौँ ।” युवा पुस्तामा मातृभाषा बोल्ने न्यून हुँदै गएको भन्दै उहाँले समयमै संरक्षण गर्न नसके लोप हुने चिन्ता व्यक्त गर्नुभयो । जनसङ्ख्या कम र छरिएर रहेकाले मातृभाषाको प्रयोग कम हुँदै जाँदा संरक्षणमा कठिनाइ भएको उहाँको भनाइ छ । उहाँको भनाइमा नौ जिल्लामा एघार हजार नौ सय जनसङ्ख्या रहेको छ ।

नेपाल कुमाल समाज सुधार समितिका केन्द्रीय अध्यक्ष विशाल कुमाल १२ प्रतिशतले मात्रै मातृभाषा बोल्ने गरेको बताउँनुहुन्छ । नेपालमा ७५ जिल्लामा एक लाख २१ हजार एक सय ९६ जनसङ्ख्या रहेको जानकारी दिँदै उहाँले गाउँघरमा बुढाबुढीले मातृभाषा बोल्ने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“बालबालिका अन्य जातिको जस्तो गरी मातृभाषा बोल्दैनन् ।” आफूहरुले राज्यसँग सहकार्य गरेर भाषा संस्कृति संरक्षणका लागि काम गरिरहेको उहाँको भनाइ छ । पाठ्यक्रम विकास केन्द्रले २८ वटा मातृभाषाको पाठ्यक्रम तयार गरेको छ । केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्याल अन्य भाषाको पनि पाठ्यक्रम बन्ने क्रममा रहेको बताउनुहुन्छ ।

थारु, मैथली, भोजपुरी, अवधि, शेर्पा, मगर, नेवारी जस्ता भाषाको पाठ्यक्रम बनेर प्रयोग राम्रो भए पनि अन्य भाषाको पाठ्ययक्रम बनेको तर प्रयोगमा कम आएको उहाँले बताउनुभयो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram