Listen Live: 

चितवनमा बस्ने नेवारी समुदायका विभिन्न संघसंस्थाहरुको बीचमा संस्कृति संरक्षणबारे अन्तक्रिया

Radio Chitwan
मङ्लबार, फाल्गुन ९, २०७९

चितवन, फागुन ९(

चितवनमा बस्ने नेवारी समुदायका विभिन्न संघसंस्थाहरुको बीचमा संस्कृति संरक्षणबारे अन्तक्रिया भएको छ ।

नेवा देय दबु चितवनको गुठी, समाज, खलः पुचःहरुको अन्तरक्रिया कार्यक्रममा भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले भरतपुर महानगरपालिका सबै जात जातिको साझा थलो भएको बताएका छन् ।

भरतपुरमा सबै जात जाति, धर्म संस्कृति र रितिरिवाज भएका समुदायका मानिसहरुको बसोबास छ, त्यसैले भरतपुर सबैको साझा फूलबारी हो उपमेयर अधिकारीले भने, ‘सयपत्री फूलको मालामा जस्तै भरतपुरमा धेरै समुदायका मानिसहरुको बसोबास रहदै आएको छ । भरतपुर महानगरपालिकाले सबै समुदायका मानिसहरूलाई एक सिक्काको दुई पाटाका रुपमा स्थापित गराउन सफल भएको छ । चितवन जिल्ला साच्चिकै ७८ औ जिल्लाको रुपमा परिचित भएको छ ।’ उपमेयर अधिकारीले भरतपुर महानगर त्यस्तो एक मात्र महानगरपालिका हो जसमा ७७ जिल्लाका सबै समुदायका मानिसहरुको बसोबास रहेको बताए । उनल भने, ‘त्यसैले हाम्रो महानगर देशकै ६ वटा महानगर मध्येमा भाग्यमानी र विकसित छ ।’

यो देशको मुल ढुकुटी अझै पनि नेवार समुदायको हातमा रहेको उल्लेख गर्दै उनले आफ्नो अधिकार प्राप्तिका लागि सधै तल्लीन भएर लाग्न नेवार समुदायलाई आग्रह पनि गरे । अन्तरक्रियामा बोल्ने अधिकांश वक्ताहरुले नेवारी भाषा, कला र सस्कृतिको सरक्षण गर्नु पर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा भरतपुर–१२ का अध्यक्ष लेखराज पन्त हरि, नेवा देय दबु केन्द्रीय वरिष्ठ उपाध्यक्ष चन्द्रलाल श्रेष्ठ,सदस्य हरिकुमार श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram