Listen Live: 

भरतपुर सबै जात जातिको साझा थलो हो : उपप्रमुख अधिकारी

Radio Chitwan
मङ्लबार, फाल्गुन ९, २०७९

चितवन। भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरपालिका सबै जात जातिको साझा थलो भएको बताउनु भएको छ । भरतपुरमा सबै जात जाती, धर्म सस्कृती र रितिरिवाज भएका समुदायका मानिसहरुको बसोबास छ, त्यसैले भरतपुर सबैको साझा फुलबारी हो उपप्रमुख अधिकारीले भन्नू भयो ।

नेवा देय दबु चितवनको गुठि, समाज, खलस् पुचस्हरुको अन्तरक्रिया कार्यक्रमलाई आज भरतपुरमा सम्बोधन गर्दै उप प्रमुख अधिकारीले सयपत्रि फुलको मालामा जस्तै भरतपुरमा धेरै समुदायका मानिसहरुको बसोबास रहदै आएको प्रष्ट पार्नु भयो । भरतपुर महानगरपालिकाले सबै समुदायका मानिसहरूलाई एक सिक्काको दुई पाटाका रुपमा स्थापित गराउन सफल भएको बताउदै चितवन जिल्ला साच्चिकै ७८ औ जिल्लाको रुपमा परिचित भएको समेत टिप्पणी गर्नु भयो ।

भरतपुर महानगर त्यस्तो एक मात्र महानगरपालिका हो जसमा ७७ जिल्लाका सबै समुदायका मानिसहरुको बसोबास रहेको छ उप प्रमुखले भन्नू भयो,त्यसैले हाम्रो महानगर देशकै ६ वटा महानगर मध्येमा भाग्यमानी र विकसित छ । यो देशको मुल ढुकुटी अझै पनि नेवार समुदायको हातमा रहेको उल्लेख गर्दै उहाँले आफ्नो अधिकार प्राप्तिका लागी सधै तल्लीन भएर लाग्न नेवार समुदाय लाई आग्रह पनि गर्नु भयो ।

अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकाश बक्ताहरुले नेवारी भाषा, कला र सस्कृतिको सरक्षण गर्नु पर्नेमा जोड दिएका छन ।

कार्यक्रममा भरतपुर १२ का अध्यक्ष लेखराज पन्त हरि,नेवा देय दबु केन्द्रिय वरिष्ठ उपाध्यक्ष चन्द्रलाल श्रेष्ठ,सदस्य हरि कुमार श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियोे ।

आन्य समाचारहरु:-
September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

September 16, 2023
उत्कृष्ट समिति र भातृ संस्थालाई मगर संघको सम्मान

नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]

September 12, 2023
प्रधानमन्त्री, एमाले अध्यक्ष ओली लागायत शीर्ष नेता पुगे शिक्षण अस्पताल

काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]

September 5, 2023
‘बालेनहरु’लाई तह लगाउन सरकारले थाल्यो कानुन निर्माणको तयारी

काठमाडौं, भदौ १९– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधि र अभिव्यक्ति संविधान र कानुनविपरीत बन्दै गएका बेला सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई नियमन गर्ने कानुन निर्माणको तयारी थालेको छ । संविधान […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram