चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
आफ्नै श्रीमानबाट श्रीमतिको हत्या

विराटनगर, फागुन ९(
विराटनगरकी २८ वर्षीया प्रियंका सुनवार साहको पतिले हत्या गरेको खुलेको छ । परपुरुषसँग सम्बन्धको शंकाकै भरमा रमेश साहले योजनाबद्धरूपमा उनको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।
प्रियंकाको शव मोरङको बुढीगंगा गाँउपालिका( २ अमाहीस्थित नरसिंह चौधरीको ग्वालीमा सोमबार बोराभित्र भेटिएको थियो । उनको घाँटी र कानमा चोट पाइएको छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा श्रीमान् रमेशसहित चारजनालाई पक्राउ गरेको छ । मोरङ कटहरी गाउँपालिका(५ का ६२ वर्षीय रमानन्द राम, ३५ वर्षीय उमेश सरदार र नरसिंह चौधरी पनि सँगै पक्राउ परेका छन् ।
मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले पारिवारिक सम्बन्धमा आएको खटपटले नै प्रियंकाको हत्या भएको पाइएको बताए । उनले घटनामा संलग्नहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताए । श्रीमतीलाई घुम्न लैजाने बहानामा बुढीगंग्गामा पुर्याएर हत्या गरेको अनुसन्धान अधिकारीले बताएका छन् ।
परपुरुषसँग लागेको भन्दै यसअघि पनि उनीहरूबीचमा पटकपटक झगडा भएको रेकर्ड जिल्ला प्रहरी कार्यालयमा छ ।
यसरी भयो हत्या
विराटनगर(१९ मिलनचोक घर भएकी प्रियंकाको माइती भारत हो । रमेश(प्रियंकाका ८ वर्षीय छोरा र ६ वर्षीया छोरी छन् । केही समयदेखि एकअर्कालाई शंका गर्दै उनीहरूको सम्बन्धमा खटपट आएको थियो ।
रमेशले प्रियंकालाई आइतबार घुम्न जाने प्रस्ताव गरे । उनले प्रियंकालाई बाइकमा राखेर बुढीगंगा गाउँपालिका २ अमाहीस्थित नरसिंह चौधरीको घरमा पुर्याए । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार रमेशका साथमा रमानन्द राम र उमेश सरदार पनि गएका थिए । नरसिंह भने रमानन्दले चिनेका व्यक्ति हुन् । रमानन्दकै माध्यमबाट रमेशले श्रीमतीलाई लिएर अमाही पुगेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए । उनीहरू घर पुग्दा नरसिंहमात्रै थिए ।
सो घरमा ६० वर्षीय नरसिंह चौधरी, उनकी पत्नी र २४ वर्षीय छोरा बस्दै आएकोमा आइतबार दिउँसो करिब २ बजेतिर घरमा नरसिंहमात्र थिए । त्यहीबेलामा रमेश श्रीमती र अन्य दुईजना लिएर पुगेका थिए । ‘चौधरीको घरमा पुगेपछि रमानन्दले नरसिंहलाई लिएर गाउँतिर निस्कए छन् । कोठामा रमेश र प्रियंकामात्र बसेको र त्यहाँ विवादपछि घाँटीमा तन्नाले थिचेर हत्या गरेको देखिएको छ । हत्या गरेको रमेशले पनि स्वीकारेका छन्’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘हत्या गरेपछि शव प्लाष्टिकको ठूलो बोरामा हालेर ग्वालीमा लुकाए ।’
नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]
काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]
काठमाडौं, भदौ १९– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधि र अभिव्यक्ति संविधान र कानुनविपरीत बन्दै गएका बेला सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई नियमन गर्ने कानुन निर्माणको तयारी थालेको छ । संविधान […]