Listen Live: 

अध्यक्ष ओलीले विभिन्न राणनीति अख्तियार गर्न सक्नेमा कांग्रेस र नेकपा एसका नेताहरू सशंकित

Radio Chitwan
मङ्लबार, फाल्गुन ९, २०७९

काठमाडौँ, फागुन ९–

सत्ता गठबन्धनलाई निरन्तरता दिन र प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष दाहाललाई अप्ठ्यारोमा पार्न एमाले अध्यक्ष ओलीले विभिन्न राणनीति अख्तियार गर्न सक्नेमा कांग्रेस र नेकपा एसका नेताहरू सशंकित देखिएका छन्।

नेकपा एस एमालेमा मिल्ने अवस्थामा ओलीले नै नेपालको नाम प्रस्ताव गर्न सक्ने पनि नेताहरूको बुझाइ छ। ओलीले दाहाललाई अप्ठ्यारो पार्न बाबुराम भट्टराईलाई राष्ट्रपतिमा अघि सार्न सक्ने सम्भावना औंल्याइएको छ। भट्टराई नेतृत्वको पार्टीसँग माओवादी केन्द्रले एकीकरण गर्न छलफलमा रहेका बेला उनलाई रोकेर नेता नेपाल वा कांग्रेस उम्मेदवारलाई समर्थन गर्न दाहाललाई नैतिक र राजनीतिक रूपमा पनि अप्ठ्यारो पर्ने बताइन्छ।

कांग्रेसभित्र नेताहरूबीच दुरी बढाउन ओलीले पौडेलको साटो सिटौला वा पूर्वसभामुख दमननाथ ढुंगानाको नाम अघि ल्याएर खेल खेल्न सक्ने सम्भावना रहेको पनि निकटहरू बताउँछन्। मधेसवादी दल र शक्ति केन्द्रहरूको पनि रुचिमा रहेका महन्थ ठाकुरलाई पनि ओलीले कार्डका रूपमा राष्ट्रपतिमा अघि सार्न सक्ने कांग्रेस र माओवादी नेताहरूको बुझाइ छ।

‘सकेसम्म एमाले र अझ ओलीले नै चाहेको व्यक्तिलाई राष्ट्रपति बनाउन उहाँ ९केपी ओली०ले अधिकतम प्रयास गर्नुहुन्छ,’ माओवादीका एक पदाधिकारीले भने, ‘त्यो सम्भव नभएको अवस्थामा प्रधानमन्त्रीलाई अप्ठ्यारो बनाउन उहाँले शक्ति केन्द्रहरूको चासोका विभिन्न पात्र र व्यक्तिलाई अघि सार्ने सम्भावना छ।’

आन्य समाचारहरु:-
November 27, 2023
तरकारीले बजार नपाउँदा किसान चिन्तित

कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]

November 27, 2023
बबरमहलमा यात्रुले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्ने

काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]

November 18, 2023
चितवन निकुञ्जमा गैँडा मारेको घटना छानविन गर्न समिति गठन

चितवन, मङ्सिर २-वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको […]

November 18, 2023
महिला टी–२० सिरिज: नेपालद्वारा जापान पराजित

हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram