Listen Live: 

कस्सिए सहरी विकास मन्त्री विक्रम पाण्डे चितवन राष्ट्रिय निकुञ्ज भित्रको भरतपुर र माडीलाई जोड्ने बाटोमा अण्डर पास गराउन

Radio Chitwan
मङ्लबार, फाल्गुन ९, २०७९

चितवन, फागुन ९–

चितवन राष्ट्रिय निकुञ्ज भित्रको भरतपुर र माडीलाई जोड्ने बाटोमा अण्डर पास गराउन सहरी विकास मन्त्री विक्रम पाण्डे कस्सिएका छन् । चितवन क्षेत्र नं ३ बाटै निर्वाचित पाण्डेले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने भरतपुर र माडीका जनतालाई निकुञ्जभित्र सहज यात्रा गराउन कस्सिएका हुन् ।

जंगली जनावर ओहोरदोहोर गर्ने ठाउँमा अण्डर पास बनाएर सडक पिच गर्न पाण्डे लागिपरेका छन् । खाल्डो स्थानमा अण्डर पास बनाउन सकिने उनलाई विश्वास छ ।

माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतो नेतृत्वको डेलिगेशन टोली मन्त्रालयमै पुगेपछि मन्त्री पाण्डे यसतर्फ सकरात्मक देखिएका छन् । डेलिगेशन टोलीसँग भेटका क्रममा मन्त्री पाण्डेले तत्कालै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा महेश्वर ढकाललाई बोलाएर निकुञ्जभित्र अण्डरपास बनाउन ईआईएको प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए ।

चितवन आएका बेला उनले चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यसँग पनि भेट गरि अण्डरपास सहितको पिच निर्माण कार्यबारे छलफल गरेका छन् । एक ठाउँबाट दुई वटा हात्ती ओहोरदोहोर गर्न मिल्ने गरी अण्डर पास बनाएमा त्यसले सबै जनावरको लागि काम गर्ने पाण्डेको तर्क छ ।

‘दुई वटा हात्ती आरामले क्रस हुन मिल्ने अण्डर पास हुनुप¥यो’, उनले भने, ‘छोटो ब्रिज भयो भने भाइब्रेशन कम हुन्छ । लामो भयो भने भाइब्रेशन पनि बढी हुन्छ । अहिले पनि दिनभर धुलो त उडिरहेको छ । त्यसले जनावरलाई असर गरेको छ ।’

त्यसको लागि ईआईए अध्ययन तुरुन्त गर्न उनले आग्रह गरे । क्यामरा राखेर जनावर अक्सर क्रसिङ हुने ठाउँको पहिचान गर्न सकिने निकुञ्जका प्रमुख आचार्य बताउँछन् ।

आन्य समाचारहरु:-
February 23, 2024
रत्ननगरका १६ वटै वडामा अनेमसंघको नयाँ कमिटी गठन

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकाका १६ वटै वडामा अखिल नेपाल महिला संघको नयाँ कमिटी गठन गरिएको छ । नेकपा एमाले निकट संघको छुट्टाछुट्टै अधिवेशन गरी वडा कमिटी गठन गरिएको […]

February 22, 2024
दैनिक चार घण्टा गाडी रोकेर काम हुँदै आएको नारायणगढ–मुग्लिन सडक आइतवारदेखि बन्द नहुने

चितवन । दैनिक चार घण्टा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड फागुन १३ गतेदेखि बन्द नगरिने भएको छ । तेस्रो पटक थपेको म्याद यही फागुन १२ […]

February 18, 2024
पिठुवा खानेपानीकाे अध्यक्षमा हरिकुमार श्रेष्ठ विजयी 

रत्ननगर । पिठुवा खानेपानी तथा सरसफाई उपभाेक्ता संस्थाकाे अध्यक्षमा हरिकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।छैठाैं बार्षिक साधारण सभा तथा तेस्राे अधिवेशन अन्तर्गत आइतबार भएकाे निर्वाचनमा निकटतम प्रतिद्धन्द्धी बासुदेव शर्मा लामिछानेलाई […]

February 18, 2024
बाघमारा वनमा विषादी न्यूनीकरण सम्बन्धी सचेतनामुलक प्रशिक्षण

रत्ननगर । रत्ननगर वडा नं ७ स्थित बाघमारा सामुदायिक वन उपभाेक्ता समुहका उपभाेक्ताहरुलाई विषादी न्यूनीकरण सम्बन्धी प्रशिक्षण दिइएकाे छ । वनका उपभाेक्ता किसानलाई प्राङ्गारिक मलकाे प्रयाेगमा प्रेरित गर्दै विषादी न्यूनीकरणकाे […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram