Listen Live: 

जंगली हात्तीको आक्रमणबाट मनहरीमा एक वृद्धा घाइते

Radio Chitwan
सोमवार, फाल्गुन ८, २०७९

मकवानपुर । जंगली हात्तीको आक्रमणबाट मनहरीमा एक वृद्धा घाइते भएकी छन् । मनहरी गाउँपालिका–४ मसिनेमा सोमबार बिहान करेसाबारीमा काम गरिरहेकी ६४ वर्षीय राधा अधिकारीलाई हात्तीले आक्रमण गरेको स्थानीय श्रीकृष्ण ढकालले जानकारी दिए ।

घाइते अधिकारीको हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । यसअघि पनि सो क्षेत्रमा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको थियो ।

हात्तीले वृद्धालाई आक्रमण गरेसँगै आक्रोशित स्थानीयले मनहरी गाउँपालिका–३, लामिटारस्थित पर्सा राष्ट्रिय निकुञ्जको लामिटार पोष्टमा तोडफोड गरेका छन् । हात्ती नियन्त्रणमा बेवास्ता गरेको भन्दै स्थानीय आक्रोशित भएका हुन् । आक्रोशित स्थानीयले सेनाले प्रयोग गर्दै आएको गाडी, कार्यालय र गोलघरमा तोडफोड गरेका छन् ।

केही दिन अघिदेखि मनहरी गाउँपालिकाको क्षेत्रमा जंगली हात्तीले आतंक फैलाएको थियो । आइतबार साँझबाट मनहरी मसिने क्षेत्रमा हात्ती देखा परेको पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष सीताराम अर्यालले बताए । केही दिन यता हाँडीखोला क्षेत्रमा तीनवटा हात्ती देखा परेको र त्यसले स्थानीयलाई हानी पु¥याइरहेको उनको भनाइ छ ।

‘केही दिनदेखि मनहरी क्षेत्रमा जंगली हात्ती देखापरेको थियो । मसिनेमा भने हिजोमात्र देखिएको हो,’ उनले भने, ‘हात्तीले स्थानीयको घर भत्काउने, बालीनाली नष्ट गर्ने गरेको छ । मनहरीको प्रतापपुरदेखि हाँडीखोलासम्म क्षति पु¥याइरहेको छ ।’

उनका अनुसार हात्ती नियन्त्रणका लागि सेना खटाइएको छ । उनले साँझ बिहान घर बाहिर ननिस्किन समेत सर्वसाधारणलाई आग्रह गरेका छन् ।

यता मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले हात्ती नियन्त्रणका लागि पर्सा राष्ट्रिय निकुञ्जसँग समन्वय गरिरहेको जानकारी दिए । ‘हात्ती नियन्त्रणको प्रयास भइरहेको छ । निकुञ्जसँग समन्वय गरेका छौँ । अघिल्लो पटक पनि जेसिवी लगाएर हात्ती लखेटेका थियौँ । मानिसले लखेट्दा नमान्ने भएकोले जेसिवी प्रयोग गरेका थियौँ । धनजनको क्षति हुन नदिनेतर्फ गाउँपालिकाले भूमिका खेलिरहेको छ,’ उनले भने ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram