Listen Live: 

चितवनका पोखरीहरू आकर्षणको केन्द्र

Radio Chitwan
सोमवार, फाल्गुन ८, २०७९

चितवन । चितवनका पोखरीहरू आकर्षणको केन्द्र बन्न थालेका छन् । चितवन राष्ट्रिय निकुञ्जभित्र र आसपासमा रहेका पोखरी पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बन्दै गएका छन् ।

५२ पोखरी ५३ ताल भनेर चिनिने निकुञ्जभित्र ठूला पोखरी ५० वटाभन्दा धेरै रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निकुञ्जभित्र साना र ठूला गरेर मात्र सयभन्दा धेरै पोखरी रहेका छन् । केही पोखरी मध्यवर्ती वन क्षेत्रमा छन्, त्यसको सञ्चालन र संरक्षण समुदायले गर्दै आएका छन् ।”

पोखरीलाई व्यवस्थित पार्दै पर्यटक आउने वातावरण निर्माण गरेको उहाँले बताउनुभयो । विश्व सिमसार क्षेत्रमा सूचीकृत बीस हजारी ताल, बाटुलेपोखरी, राइनो ताल र मध्यवर्ती क्षेत्रभित्र पर्दछन् ।

निकुञ्जभित्र रहेको ठूलो पोखरीमा लामीताल, तमोर ताल, कमल पोखरी, देवी ताल, सूर्य पोखरीलगायतका छन् । यी सबै ताल पर्यटकको आकर्षणको केन्द्र बन्दै गएका छन् । भरतपुरबाट नजिकै रहेको बीस हजारी ताल र बाटुले पोखरीमा चरा, घडियाल गोही सजिलै देख्न सकिन्छ भने पानी खानका लागि आउने एकसिङ्गे गैँडा, मयूरलगायत विभिन्न प्रजातिका जलचर र स्थल प्राणीहरू देख्न पाइने भएकाले यहाँ पर्यटकको भीड लाग्ने गरेको छ ।

मध्यवर्तीभित्रका पोखरीहरूमा त्यहाँका समुदायले टिकटको व्यवस्था गरेर प्रवेश गर्न दिएका छन् । ती पोखरीमा डुङ्गा सयरसँगै आसपासको क्षेत्रमा आराम गर्ने कुर्सी तथा सुविधासम्पन्न शौचालयको व्यवस्था गरिएको छ । निकुञ्जभित्रका पोखरीहरूमा अनुमतिबिना प्रवेश गर्न दिने नगरिएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो ।

शान्त वातावरण हुने भएकाले पोखरी पर्यटकको रोजाइ बनेको स्थानीय जानुका पौडेलले बताउनुभयो । प्राकृतिक वातावरण मन पराउनेहरूको रोजाइ पोखरी र ताल भएको बाटुलेपोखरी मध्यवर्ती सामुदायिक वनका अध्यक्ष ज्ञानु सुनारले बताउनुभयो । उहाँले भन्नुभयो, “सार्वजनिक बिदाको दिनमा दैनिक पाँच सय जनासम्म आउने गर्नुभएको छ, भिडियो सुटिङका लागि आउने पनि छन् । प्रवेश शुल्कबाट प्राप्त रकमले यहाँ संरचना निर्माण गरेका छौ  ।”

पोखरीमा डुङ्गाको व्यवस्था छ, धेरै चरा देखिन्छ, साँझ, बिहान गैँडा मयूरलगायतका जनावर देखिने भएकाले यसको अलग्गै महत्व भएको उहाँले बताउनुभयो । “महिला अध्यक्ष भएको वनले प्रगति गर्न सक्दैन भन्नेहरू थिए, अहिले काम गरेर देखाएपछि सबैले तारिफ गर्न थालेका छन्,” अध्यक्ष सुनारले भन्नुभयो ।

निकुञ्ज र यस आसपासमा रहेका पोखरीलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्दै लगेको मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले बताउनुभयो । तर चितवन निकुञ्जको आसपासमा धेरै यस्ता आकर्षक गन्तव्य छन् । ती स्थानको प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् । पश्चिम चितवनको रानीपोखरी अर्को केन्द्र हो । बस्तीको बीच भागमा रहेको यो पोखरीको संरक्षण र प्रचारमा भरतपुर महानगरले लगानी गरेको छ । महानगरभित्रका पर्यटकीय गन्तव्यमा रानीपोखरीलाई पनि समावेश गरिएको छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram