Listen Live: 

चितवनका दूई सहित पाँच निर्माण कम्पनी कालोसूचीमा

Radio Chitwan
सोमवार, फाल्गुन ८, २०७९

चितवन। विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने चितवनका दूई सहित पाँच वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ ।

खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो । “विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ अनुसार यी निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखिएको छ । कालोसूची अवधिभर यी कम्पनी सार्वजनिक निकायको कुनै पनि खरिद कार्यमा भाग लिन पाउने छ्रैनन्”, खरिद अनुगमन कार्यालयले सूचनामा भनेको छ ।

खरिद अनुगमन कार्यालयको गत बिहीबारको निर्णयअनुसार भरतपुर–४ चितवनको इन्जिनियर्स कन्स्ट्रक्सन एन्ड माइन्ट क्राफ्ट प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । विकास श्रेष्ठ सञ्चालक रहेको यो कम्पनीले चितवनको इच्छाकामना गाउँपालिकाको ठेक्का अलपत्र पारेको थियो । चितवनको खैरहनी नगरपालिकाको सिफारिसमा जय गढीमाई निर्माण कन्स्ट्रक्सन प्रालिलाई पनि कालोसूचीमा राखिएको छ । सीताराम चौधरी मुख्य सञ्चालक रहेको यो कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

करण कुमार मुडभरी सञ्चालक रहेको मुडभरी एन्ड जोशी कन्स्ट्रक्सन प्रालि दुई वर्षका लागि कालोसूचीमा परेको छ । यो कम्पनीले रसुवागढी हाइड्रोपावर कम्पनीसँग भएको ठेक्का सम्झौताअनुसार काम नगरेको खरिद अनुगमन कार्यालयले जनाएको छ । त्यसैगरी, सुदूरपश्चिम विद्यालयअन्तर्गतको दुर्गालक्ष्मी बहुमुखी क्याम्पस कैलालीको काम अलपत्र पार्ने गुण निर्माण सेवालाई पनि कालोसूचीमा राखिएको छ । गुणराज पाठक सञ्चालक रहेको यो कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो । बारबर्दिया नगरपालिकाको कार्यालय बर्दियाले कल्पना कन्स्ट्रक्सन प्रालिलाई कालोसूचीमा राख्न सिफारिस गरेको उक्त कम्पनीलाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको खरिद अनुगमन कार्यालयले जनाएको छ ।

आन्य समाचारहरु:-
June 22, 2024
सक्षम आमा समुहमा महिला सशक्तिकरणका लागि प्रशिक्षण

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १० का महिलाहरुलाई महिला अधिकार, पहुँच तथा सशक्तिकरण सम्बन्धी प्रशिक्षण दिइएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा सक्षम आमा समूहले आयोजना गरेको कार्यक्रममा ७५ […]

June 20, 2024
झुवानीमा विद्यार्थीलाई आत्महत्या राेकथाम तथा मनोसामाजिक सचेतना

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ५ स्थित झुवानी माविका विद्यार्थीहरुलाई मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम तथा मनोसामाजिक परामर्श सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिइएकाे छ ।  नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीको आयोजना […]

June 17, 2024
प्रथम माधवपुर गाेल्डकपकाे आयव्याय सार्वजनिक

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १५ मा सम्पन्न प्रथम माधवपुर गाेल्डकपकाे आयव्याय सार्वजनिक गरिएकाे छ । आयाेजक माधवपुर खेलकेद विकास समितिले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरि आयव्याय सार्वजनिक गरेकाे […]

June 17, 2024
कालिका वडा नं. ४ मा आजदेखि एकहप्ते मुढा बनाउने तालिम सुरु

कालिका, २ असार । सीप विकास कार्यक्रम अन्तर्गत कालिका वडा नं. ४ ले आजदेखि एकहप्ते मुढा बनाउने तालिम आयोजना गरेको छ । तालिमको कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले उद्घाटनगर्नुभयो । […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram