Listen Live: 

सन्तानलाई चाहिने भएपछि मात्रै लिन्छन् नागरिकता

Radio Chitwan
आइतवार, फाल्गुन ७, २०७९

इच्छाकामना । नागरिकताअनुसार वीरबहादुर घर्तीको उमेर ६८ वर्ष पुग्यो । आफ्नो उमेरलाई सात दशकको यात्रामा दौडाइरहेका घर्तीलाई आफ्नै लागि भनेर नागरिकता अभावको महसुस कहिल्यै भएन, र त बनाइएन नागरिकता । जब छोराछोरीका लागि नागरिकता आवश्यक प¥यो, त्यसपछि उनलाई पनि नागरिकताको आवश्यकता महसुस भयो । बुबाको नागरिकताबिना सन्तानको नागरिकता सम्भव नहुने भएपछि इच्छाकामना–७, ढाँटबारीका घर्तीले ६८ वर्षको उमेरमा गत माघ १३ गते बल्ल नागरिकता लिएका छन् ।

‘अहिलेसम्म चाहिया थे’न, अहिले छोराछोरी हुर्किएपछि चाहियो’, उनी भन्छन् । जेठो छोरो राजु २२ वर्षका भए । छोराछोरीलाई बाटो देखाउनकै लागि पनि नागरिकता चाहिने भएपछि उनले ढिलै गरी भए पनि नागरिकता लिएका हुन् । आफ्नो बुबाआमाको नागरिकता नभएकै कारण पनि नागरिकता पाउन त्यति सहज भने थिएन । अहिले पनि दाजुको नागरिकताको आधारमा नाता प्रमाण कायम गरेपछि प्रशासन कार्यालयबाट उनले नागरिकता पाएका हुन् ।

आर्थिक सङ्कटबाट गुज्रिरहेका घर्ती परिवारको आम्दानीको स्रोत भनेकै दैनिक मजदुरी हो । आर्थिक हिसाबले पनि ज्यादै न्यून स्थिति रहेकोले गाउँघरकै ज्याला मजदुरीमा भर पर्नुपर्ने भएको हुँदा खानाको जोहो गर्नमै बढी ध्यान केन्द्रित हुने भएकोले गाउँभन्दाबाहिर जान सक्ने स्थिति नै नरहेको गाउँ कार्यपालिका सदस्य राजकुमार चेपाङले बताए । ‘पुराना व्यक्तिहरुलाई अझै पनि नागरिकताको मह¤वबारे थाहा छैन’, उनले भने, ‘सन्तानको नागरिकता लिने समय आएपछि बल्ल अभिभावकले नागरिकता लिन खोज्छन् ।’

गाउँपालिकाले घर बनाउन सघाउने

घर्तीको आर्थिक अवस्था कमजोर भएपछि गाउँपालिकाले नै घर निर्माणका लागि आवश्यक सामग्रीसमेत जुटाइदिने भएको छ ।

फुसको छाप्रोमा कष्टपूर्ण जीवन गुजारिरहेका घर्ती परिवारलाई गाउँपालिकाले घर निर्माणका लागि जस्ता र आवश्यक सामग्री जुटाइदिने पालिकाका अध्यक्ष दानबहादुर गुरूङले जानकारी दिए । गाउँपालिकाले आफ्नो पालिकाभित्रका विपन्न वर्गको पहिचान गरी घर निर्माणमा सहयोग गर्ने योजना ल्याएको उनले बताए ।

घर्ती परिवार आफैँले गरेर खाने जग्गाजमिनसमेत नभएको हुँदा पालिकाले दायित्व निर्वाह गर्न खोजेको उनको भनाइ छ । ‘घर बसेकै ठाउँबाहेक अन्त जग्गा नै छैन’, अध्यक्ष गुरूङले भने, ‘त्यसैले उहाँको अवस्था हेरेर पनि पालिकाले दायित्व वहन गर्नुपर्ने बाध्यता नै छ ।’

आन्य समाचारहरु:-
September 26, 2023
चितवन राष्ट्रिय निकुञ्जका पुष्पा र अञ्जली मङ्गलबार कोशी पठाइँदै

चितवन असोज ८- चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा गैँडा पुष्पा र अञ्जली मङ्गलबार कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । गैँडा नभएको कोशीमा पुष्पा र अञ्जली मात्रै हुनेछन् । […]

September 26, 2023
कालिका नगरपालिका–७ मा युवासंघ वडा कमिटी गठन

कालिका, असोज ८– राष्ट्रिय युवा संघ नेपालको संगठन विस्तार अभियान अन्तर्गत कालिका नगरपालिका– ७ मा रवि गिरीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गरेको छ । उपाध्यक्षमा विक्रम सिंजालीमगर, सचिवमा रुपेश […]

September 23, 2023
राप्तीको भण्डारामा असोज २३ देखि दशै मेला हुने

राप्ती ०६ असोज । पूर्वी चितवनको राप्तीमा असोज २३ गतेबाट राप्ती राप्ती दसैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले बडादसैंको अबसर पारेर स्थानीय […]

September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram