Listen Live: 

आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान

Radio Chitwan
आइतवार, फाल्गुन ७, २०७९

चितवन। आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो ।

सूचनामा २०७९ फागुन ५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई दर्ता गर्न भनिएको छ । नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम २०७९ फागुन १ देखि फागुन १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ता निवेदन दिन सूचित गरिएको सूचनामा उल्लेख छ ।

प्रतिनिधिसभाका तत्कालीन सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि रिक्त रहेको चितवन क्षेत्र नं २ मा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने तय भएको छ । उपनिर्वाचनका लागि आयोगले निर्वाचन कार्यातालिकासमेत सार्वजनिक गरिसकेको छ । आगामी चैत २० गतेलाई मनोनयनको कार्यतालिका सार्वजनिक भएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार चैत २१ गते उम्मेदवारको विरोधमा उजुरी, चैत २२ गते मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने रहेको छ ।

यस्तै चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।

आन्य समाचारहरु:-
September 26, 2023
चितवन राष्ट्रिय निकुञ्जका पुष्पा र अञ्जली मङ्गलबार कोशी पठाइँदै

चितवन असोज ८- चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा गैँडा पुष्पा र अञ्जली मङ्गलबार कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । गैँडा नभएको कोशीमा पुष्पा र अञ्जली मात्रै हुनेछन् । […]

September 26, 2023
कालिका नगरपालिका–७ मा युवासंघ वडा कमिटी गठन

कालिका, असोज ८– राष्ट्रिय युवा संघ नेपालको संगठन विस्तार अभियान अन्तर्गत कालिका नगरपालिका– ७ मा रवि गिरीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गरेको छ । उपाध्यक्षमा विक्रम सिंजालीमगर, सचिवमा रुपेश […]

September 25, 2023
हामी कांग्रेस कब्जा गर्न लाग्यौँ, जनता अरुले कब्जा गरिसकेः अर्जुननरसिंह केसी

काठमाडौं,असोज ८- नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेताहरू पार्टी कब्जा गर्न खोजिरहँदा जनता भने अर्कैको कब्जामा गइसकेको बताएका छन्। सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने क्रममा केसीले अहिलेको […]

September 23, 2023
राप्तीको भण्डारामा असोज २३ देखि दशै मेला हुने

राप्ती ०६ असोज । पूर्वी चितवनको राप्तीमा असोज २३ गतेबाट राप्ती राप्ती दसैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले बडादसैंको अबसर पारेर स्थानीय […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram