कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियालाई रत्ननगर वडा नं–३ को आयोजनामा स्वागत तथा सम्मान कार्यक्रम

चितवन । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियालाई रत्ननगर वडा नं–३ को आयोजनामा स्वागत तथा सम्मान कार्यक्रम गरिएको छ ।
सम्मान कार्यक्रममा अर्थमन्त्री थपलियाले अब दलहरु विभाजित भएर होइन, सामूहिक छलफल गरेर देश विकासमा जुट्नुपर्ने बताए ।
चितवन क्षेत्र नं–१ ९ख० चुनावी प्रतिस्पर्धाबाट आफू विजयी भए पनि पूर्वाधार विकास, शैक्षिक विकास र सामाजिक विकासमा आफ्नो र अर्को नभनीकन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । रत्ननगर–३ को नदी कटानको समस्याबारे आफू जानकार रहेकाले आफ्नो एकमुठी सास रहेसम्म विकास निर्माणमा सेवक भएर लागिपर्ने वचन दिए ।
कार्यक्रमका विशेषअतिथि रत्ननगर नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठकले योजनाको प्राथमिकीकरण अनुसार विकास निर्माणका योजना सञ्चालन गर्नुपर्ने र सञ्चालित योजनाका सन्दर्भमा जनताले अपनत्व राख्दै काम भएरनभएको चासो राख्नुपर्ने बताए ।
उनले क्षेत्र नं १ अन्तर्गत वडा नं–३ बाढीग्रस्त क्षेत्र भएकाले कयरखोला नियन्त्रणका लागि मन्त्रालयबाट प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
रत्ननगर–३ का वडाध्यक्ष सोहेन्द्रराज खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य उत्तम आचार्य, नेकपा ९माओवादी केन्द्र० का वडा कमिटी अध्यक्ष हिमालय खनाल, नेकपा क्रान्तिकारी माओवादीका वडा कमिटी अध्यक्ष चन्द्रप्रसाद नेपाललगायतले मन्तन्य व्यक्त गर्दै वडा नं–३ को समस्या समाधानका लागि मन्त्रीसँग अपेक्षा राखेको बताए ।
वडा सदस्य शिव खनालले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन वडा सदस्य ईश्वरराज जमकट्टेलले गरेका थिए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]