Listen Live: 

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय समाचार समितिले खोजमूलक आलेख र समाचार सङ्कलनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिन आग्रह

Radio Chitwan
आइतवार, फाल्गुन ७, २०७९

काठमाडौँ, फागुन ७(

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय समाचार समितिले खोजमूलक आलेख र समाचार सङ्कलनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ ।

राससको ६२औँ वार्षिकोत्सव समारोहलाई आज केन्द्रीय कार्यालयमा आज सम्बोधन गर्नुहुँदै उहाँले सूचना प्रविधि र पाठकको रुचिमा आएको परिवर्तनलाई सम्बोधन गर्न खोजमूलक सामग्री उत्पादनमा जोड दिनुभएको हो । स्थानीय समाचारदातालाई अझ बढी व्यवस्थितरुपमा परिचालन गरिनुपर्ने मन्त्री शर्माले बताउनुभयो ।

सेवाग्राहीको सङ्ख्या वृद्धि, संस्थामा उपलब्ध स्रोत, साधनको अधिकतम सदुपयोग, आर्थिक रुपमा मितव्ययी बन्ने र भौतिक सम्पत्तिको संरक्षण एवं संवद्र्धनलाई प्राथमिकता दिन पनि मन्त्री शर्माले आग्रह गर्नुभयो ।

“आगामी दिनमा रासस थप सबल बन्दै सामाजिक उत्तरदायित्वका सेवामा समेत सहभागी हुन आफ्नै कोषको स्थापना गर्ने योजना ल्याउनुपर्छ, राससलाई अझ बढी विश्वसनीय र प्रभावकारी बनाउन श्रव्यदृश्य समाचार सेवालाई प्राथमिकता दिइ आवश्यक जनशक्तिलाई तालिमको व्यवस्था गर्नुपर्छ, आवश्यक स्रोतसाधन र कर्मचारीको वृत्तिविकासमा सरकारबाट आवश्यक सहयोग हुने विश्वास दिलाउन चाहन्छु”, उहाँले भन्नुभयो ।

सरकारले सञ्चारमाध्यमसँग सम्बन्धित सबै सरोकार भएकासँग सहकार्य गर्दै सङ्घीयताको मर्म र भावनाअनुरुप स्थानीय तहसम्म अनुभूति हुनेगरी कानुनमा संशोधन, परिमार्जन एवं नयाँ कानुन बनाइ समसामयिक सुधार गर्न लागिएको सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री शर्माले बताउनुभयो । नेपाली सञ्चारमाध्यममा देखिएका मिथ्या सूचनाको प्रवाह गर्ने तथा सामाजिकद्वेष फैल्याउने काममा नियन्त्रण गर्न सञ्चार सम्बद्ध सबै पक्षको सकारात्मक सहयोगका लागि उहाँले आह्वान गर्नुभयो ।

कार्यक्रममा सार्वजनिक गरिएको ‘रासस हिजो र आज’, ‘रासस शैली पुस्तक’ ले पत्रकारिता अध्ययन र अध्यापन गर्ने एवं यस सम्बद्ध सबैका लागि अभिलेख बन्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । सेवाग्राही सम्मानलाई निरन्तरता दिन पनि मन्त्री शर्माले सुझाव दिनुभयो । सूचना प्रविधिलाई अधिकतम उपयोग गरी सेवालाई विविधीकरण र व्यावसायिकीकरण गर्दै रासस राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीय एवं भरपर्दो सञ्चारमाध्यमका रुपमा स्थापित हुनसक्ने विश्वास उहाँको थियो ।

राससका चारसयभन्दा बढी सञ्चारमाध्यम ग्राहक रहेकामा खुसी व्यक्त गर्नुहुँदै मन्त्री शर्माले त्यसलाई अझ वृद्धि गरिनुपर्नेमा जोड दिनुभएको थियो ।

आन्य समाचारहरु:-
October 3, 2023
भूकम्पमा परी सुदूरपश्चिममा सात व्यक्ति घाइते

सुदूरपश्चिम, असोज १६-बझाङ केन्द्रविन्दु भएर आज दिउँसो गएको भूकम्पको धक्काका कारण घर तथा संरचना भत्कँदा पाँच जना घाइते भएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि […]

October 2, 2023
सरकारी जागिरका लागि रत्ननगरमा लोकसेवा तयारी कक्षा सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]

October 2, 2023
चितवनको ट्राफिक प्रहरीले चाडपर्व लक्षित गर्दै सुरु गर्‍यो,राजमार्गमा सवारीको गति मापन

चितवन, असोज  १४ –  चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]

October 1, 2023
२०८४ मा कि भ्रष्ट सकिन्छन् कि हामी सकिन्छौँः रवि लामिछाने

दाङ,असोज १३-

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram