Listen Live: 

गुण एयरको सेवा भरतपुर विमानस्थलमा पुनः सुरू हुन अझै दुई हप्ता लाग्ने

Radio Chitwan
आइतवार, फाल्गुन ७, २०७९

चितवन, फागुन ७(

बिगत १० दिनदेखि बन्द रहेको गुण एयरको सेवा भरतपुर विमानस्थलमा पुनः सुरू हुन अझै दुई हप्ता लाग्ने भएको छ ।

जहाज मर्मतका लागि स्पेयर पार्टस् विदेशबाट ल्याइँदै र पाइट तालिममा रहेकाले तीन दिनदेखि उडान बन्द रहेको र सुरू हुन अझै दुई हप्ताजति लाग्ने गुण एयरलाइन्स भरतपुर विमानस्थलका स्टेशन इन्चार्ज कुलराज शर्माले जानकारी दिए ।

‘जहाजका मर्मतका लागि सिंगापुरबाट ल्याइने आवश्यक स्पेयर पार्टस् आइपुग्न केही समय लाग्ने भयो’, उनले भने । गत वर्ष भरतपुर काठमाडौँ तीन वटासम्म उडान गरेको गुण एयरलाइन्सले अहिले एउटा मात्र उडान गरेको छ । कहिलेकाहीँ चार्टर उडान भने गुणले गर्दे आइरहेको छ ।

गुणले अहिले भरतपुरसहित तुम्लिङटार, पोखरा, विराटनगर, भैरहवा, भरतपुर, सिमरालगायतका गन्तव्यमा नियमित उडान गर्दै आएको छ । भरतपुरमा गुणले उडान रोकेसँगै बुद्ध एयरको उडानमा एकाधिकार कायम रहेको छ ।

आन्य समाचारहरु:-
July 15, 2024
नारायणगढ–मुग्लिङ सडकको माथिल्लो भागको पहिरो नियन्त्रणका लागि दीर्घकालीन योजना नहुँदा हरेक वर्ष जनधनको ठुलो क्षति हुने गरेको छ ।

नारायणगढ– दुई लेनको सडकसँगै १९ वटा पुल निर्माणका लागि अर्बौं रुपियाँ खर्च गरिएको नारायणगढ–मुग्लिङ सडकमा पहिरो नियन्त्रणका लागि छिटपुटबाहेक दीर्घकालीन योजना अघि बढ्न सकेको छैन ।यो समाचार गोरखापत्र दैनिकमा छ, […]

July 14, 2024
राप्तीका उपमेयरले गरे मेयरको गाडी तोडफोड गर्नेलाई कारबाहीको माग

राप्ती । चितवनको राप्ती नगरपालिकाका मेयर शमशेर लामा चढेको गाडी तोडफोड गर्ने समुहको पहिचान गरी कारबाही गर्न माग गरिएको छ । सोही नगरपालिकका उपमेयर देवेन्द्र लामाले आइतबार एक विज्ञप्ती जारी […]

July 13, 2024
रत्ननगर खानेपानी उपभोक्ताको संख्या १४ हजार, ९ सय ६५ नयाँ उपभोक्ता थपिए

रत्ननगर । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कुल उपभोक्ताको संख्या १४ हजार भन्दा बढी पुगेको छ । एक वर्षको अवधिमा ९ सय ६५ जना नयाँ उपभोक्ता थपिएसँगै उपभोक्ताको संख्या […]

July 12, 2024
शैक्षिक गुणस्तर सुधारका लागि बछाैली माविमा अन्तरक्रिया

साैराहा । रत्ननगर नगरपालिका वडा नं.६ बछाैलीमा रहेकाे बछाैली माविले  विद्यालयमा शैक्षिक  सुधारका लागि अन्तरक्रिया गरेको छ। विद्यालयमा अतिरिक्त कक्षा संचालन गर्न  र शैक्षिक गुणस्तर सुधारका लागि विधालय व्यवस्थापन समितिले […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram