Listen Live: 

तनहुँ र नवलपुर बर्दघाट सुस्ता पूर्वमा ३८।१६ मेगावाट क्षमताको कालिका कालीगण्डकी जलविद्युत आयोजना निर्माण हुने

Radio Chitwan
आइतवार, फाल्गुन ७, २०७९

चितवन, फागुन ७

तनहुँ र नवलपुर ९बर्दघाट सुस्ता पूर्व०मा ३८।१६ मेगावाट क्षमताको कालिका कालीगण्डकी जलविद्युत आयोजना निर्माण हुने भएको छ ।

मौलाकालिका हाइड्रोपावर कम्पनी प्रालिले ५ अर्ब ९६ करोडको लगानीमा कालिका कालीगण्डकी जलविद्युत आयोजनाको निर्माणका लागि प्रस्ताव गरेको हो । यो आयोजना तनहुँको देवघाट गाउँपालिकाको वडा नम्बर १, ४ र ५ तथा नवलपुर ९बर्दघाट सुस्ता पूर्व०को गैंडाकोट नगरपालिका वडा नम्बर ३ मा रहनेछ ।

कालिगण्डकी नदीमा बन्ने आयोजनाको जडित क्षमता ३८।१६ मेगावाट रहने आयोजनाको वातावरणीय प्रभाव मूल्याकंन प्रतिवेदनमा उल्लेख गरिएको छ ।
आयोजना निर्माण हुने नदीमा मासिक रुपमा औसतमा ४०६ घनमिटर प्रति सेकेण्डको बहाब हुने तथा न्यूनतम मासिक बहाव ९० घनमिटर प्रति सेकेण्ड र अधिकतम मासिक बहाव १३ सय ९४ घनमिटर प्रति सेकेण्ड रहने छ । आयोजनाअन्तर्गत ३ वटा ट्रान्सफर्मरहरु रहनेछन् ।

आयोजनाको प्रसारण लाइन १३२ केभीको सिंगल सर्किट रहनेछ भने यसको लम्बाई १० किमि रहने जनाइएको छ । आयोजनाबाट उत्पादित विद्युत कालिका कालिगण्डकी सब–स्टेशनबाट न्यू भरतपुर सब–स्टेशन, चितवनमा जोडिने छ ।

आन्य समाचारहरु:-
September 22, 2023
आज सरकार र शिक्षकबीच औपचारिक वार्ता

काठमाडौँ, असोज ५- आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकारबीच आज औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र […]

September 20, 2023
आज संविधान दिवसः संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा

काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]

September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

September 18, 2023
आज हरितालिका (तीज) व्रतः ‘महिला, पुरुष दुवैले गर्नुपर्छ’

काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram