Listen Live: 

मुग्लिन सडकका दुईवटा खोलामा पुल बनाउनका लागि पहरो फुटाउ नशनिबारदेखि थप १५ दिन बन्द

Radio Chitwan
आइतवार, फाल्गुन ७, २०७९

चितवन

नारायणगढ(मुग्लिन सडकका दुईवटा खोलामा पुल बनाउनका लागि पहरो फुटाउ नशनिबारदेखि थप १५ दिन बन्द भएको छ ।

चिसेन्जी र तुइनखोलामा पुल निर्माणका लागि नारायणगढ(मुग्लिन सडक आयोजनाले गत पुस ५ गतेदेखि दिउँसोको समयमा यातायात बन्द गर्दै आएको थियो । अघिल्ला दुई महिनामा काम नसकिएका कारण फागुन २० गतेसम्म समय थपगरी दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर पहरो फोड्ने काम गर्न लागेको सडक आयोजनाले जनाएको छ । सडक आयोजनाका अनुसार गत पुस ५ गतेदेखि माघ ५ गतेसम्म पहिलो र माघ ५ देखि फागुन ५ गतेसम्म दोस्रोपटक दैनिक ४ घण्टा सडक बन्द गरेर पहरो फोड्ने काम गरे पनि नसकिएपछि थप १५ दिन बन्द गर्न लागेको हो । यो सडकको चिसेन्जी, तुइन र कालीखोलामा पुल बनाउनका लागि आवश्यक क्षेत्र तयार गर्न पहरो फुटाएको हो ।

कालीखोलाको दुबैतर्फको पहरो फुटाएर पुल निर्माणको काम चलिरहेको छ । अन्य दुई खोलामा अपेक्षा गरेभन्दा कडा चट्टान भेटिएपछि पहरो फोड्न सकस भइरहेको छ । चिसेन्जीको मुग्लिनतर्फको पहरो काट्ने काम लगभग सकिएको छ तर नारायणगढतर्फको ३० प्रतिशत काम अझै बाँकी छ ।

चिसेन्जीको नारायणगढतर्फको र तुइन खोलाको मुग्लिनतर्फको ६० मिटर अग्लो पहाडलाई काटेर करिब २५ मिटरमा झारिएको भए पनि बाँकी फाड्न रक ब्रेकरले सम्भव नहुने निष्कर्षमा आयोजना पुगेको छ । गृहबाट रक्षा मन्त्रालयमा गएपछि नेपाली सेनाको प्राविधिक टोलीले पहरोमा कन्ट्रोल विस्फोट गर्छ । यो सडकखण्डमा पर्ने १९ वटा पुल मध्ये ४ वटा तयार भएर सञ्चालनमा आइसकेका छन् । बाँकी १५ वटा पुल मध्ये ९ वटा पुल तयार करिब तयार भइसकेका छन् । सेती दोभान, खहरे, डुम्रे, टोपे, न्याम्सी, खोर, लामोबालुवा, भोर्लेका पुल तयार भएर सञ्चालनको तयारीमा छन् ।

मुग्लिनबाट नारायणगढतर्फ आउँदाको पहिलो खोलो खहरेको पुलको काम अझै सुरु हुन सकेको छैन। पहुँचमार्गमा रहेका घरहरु भत्काउँदा दिनुपर्ने मुआब्जा रकम प्राप्त नहुँदा बनेका पुलहरु सञ्चालन गर्न र नयाँ बनाउन समस्या भइरहेको आयोजनाले जानकारी दियो। चालु आर्थिक वर्षमा १३ वटा पुलको काम सक्ने र मुअब्जाका लागि बजेट आएलगत्तै बनेका पुलहरु सञ्चालन गर्ने योजनामा आयोजना छ । पुल निर्माणका लागि २०८० पुस ९ गतेसम्मको म्याद छ।
यो सडकखण्डमा पुल बनाउने जिम्मा अनक कन्स्ट्रक्सनले पाएको हो । मुग्लिन नजिकैको खहरे खोलादेखि रिग्दी खोलासम्मका सात वटा पुललाई प्याकेज(१ र जुगेडीदेखि सिमलतालसम्मका आठ वटा पुललाई प्याकेज(२ बनाएर २०७६ चैत्र १० मा सम्झौता भएको थियो । प्याकेज(१ का पुल निर्माण गर्न ६७ करोड ९९ लाख ५९ हजार रुपैयाँमा र प्याकेज – २ का पुल निर्माण गर्न ५९ करोड ५ लाख ५९ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

आन्य समाचारहरु:-
November 27, 2023
तरकारीले बजार नपाउँदा किसान चिन्तित

कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]

November 27, 2023
बबरमहलमा यात्रुले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्ने

काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]

November 18, 2023
चितवन निकुञ्जमा गैँडा मारेको घटना छानविन गर्न समिति गठन

चितवन, मङ्सिर २-वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको […]

November 18, 2023
महिला टी–२० सिरिज: नेपालद्वारा जापान पराजित

हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram