काठमाडौं, असोज ६- नेपाल क्रिकेट संघको सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पारस निर्वाचित भएका हुन् । कुल […]
चितवनको खैरहनी नगरपालिकाको गौचरन मैदानमा क्रिकेट प्रतियोगिता हुने

चितवन, फागुन ६(
चितवनको खैरहनी नगरपालिका(५ को गौचरन मैदानमा क्रिकेट प्रतियोगिता हुने भएको छ ।
इष्ट्रन क्रिकेट एकेडेमी ९ईसीए० रत्ननगर नगरपालिका (३ टाँडीको आयोजनामा प्रथम एकेडेमी लिग क्रिकेट प्रतियोगिता हुन लागेको पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
प्रतियोगिता फागुन ११ गतेदेखि २२ गतेसम्म चल्ने ईसीएका प्रबन्ध निर्देशक आकाश थापाले बताए । प्रतियोगिता सिंगल राउण्ड रोबिन लिगका आधारमा खेलाइने उनको भनाइ थियो ।
खेलमा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ । विज्ञप्तिअनुसार, प्रतियोगितामा बीएम ब्लास्टर, टाँडी टाइटन्स, सौराहा स्याण्डर, नेप्लिज क्यानेडियन क्रिकेट क्लब, हानामी वारियर्स र भरतपुर इलेभेन गरी ६ टोलीको सहभागिता रहनेछ । प्रत्येक टोलीले १ वा २ जनासम्म राष्ट्रिय खेलाडी वा जिल्ला बाहिरका खेलाडीहरु टिममा समावेश गर्न सक्नेछन् ।
लिग जित्ने टोलीलाई नगद ५० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्रले सम्मान गरिनेछ । प्रतियोगितामा प्लेयर अफ द सिरिज विजेतालाई नगद १० हजार रुपैयाँ पुरस्कार राशीको व्यवस्था गरिएको छ । यस्तै बेष्ट बलर र बेष्ट ब्याट्सम्यानका लागि जनही पाँच हजार रुपैयाँले सम्मान गरिने विज्ञप्तिमा उल्लेख छ ।
यस एकेडेमीले १०० भन्दा बढी खेलाडीलाई नियमित प्रशिक्षण दिँदै आएको छ । खेलाडीहरुले नियमित गर्ने अभ्यास र प्रशिक्षणले मात्रै उनीहरुको करियर अघि बढ्ने विश्वास आयोजकले गरेको छ । करियर अघि बढाउन निरन्तरको अभ्यास र प्रशिक्षणसँगै उनीहरुलाई म्याच एक्सोपोजरको पनि आवश्यकता पर्ने भएकाले आगामी दिनहरुमा प्रतियोगितालाई निरन्तरता दिने आयोजकको भनाइ छ ।
राप्ती ०६ असोज । पूर्वी चितवनको राप्तीमा असोज २३ गतेबाट राप्ती राप्ती दसैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले बडादसैंको अबसर पारेर स्थानीय […]
चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]