रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र भरतपुर सेन्ट्रल अस्पताल प्रा लि , चितवन ओम साईराम पोलिक्लिनिक प्रा लि रत्ननगरका विच स्वास्थ्य परिक्षण र अौषधि उपचार सम्वन्धि सम्झौता एवं हस्तान्तरण […]
स्वर्गीय दीलिप राणा स्मृति अन्तराष्ट्रिय आमन्त्रण चितवन भेटेरान कपको उपाधि फ्रिडम फाईटर ठमेलको जित

चितवन। स्वर्गीय दीलिप राणा स्मृति अन्तराष्ट्रिय आमन्त्रण चितवन भेटेरान कपको उपाधि फ्रिडम फाईटर ठमेलले जितेको छ ।
हिजो ९बिहीबार० सम्पन्न फाइनलमा थापा गाउँ सुधार समितिलाई निराश बनाउदै ठमेलले लगातार दोस्रो पटक उलाधि उचालेको हो । गत तेस्रो संस्करण पनि ठमेलले उपाधि जितेको थियो ।
लगातार दोस्रो पटक च्याम्पियन बन्ने क्रममा ठमेलले फाइनलमा थापा गाउँलाई ४(१ ले पराजित गर्यो । ठमेललाई च्याम्पियन बनाउन कन्यसुब्बा गुरुङले दुई तथा विजय गुरुङ र नरकुमार राईले एक(एक गोल गरे ।
पहिलो हाफको चौथो मिनेटमा विजयले गोल गर्दै ठमेललाई सुरुवाती अग्रता दिलाएका थिए । ११ औं मिनेटमा सुनिल सुवेदीले थापा गाउँका लागि बराबरी गोल फर्काए । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका नरकुमारले २६ औं मिनेटमा गोल गर्दै ठमेललाई अग्रता दिलाए ।
दोस्रो हाफमा ठमेलले थप दुई गोल गर्यो । दोस्रो हाफको नवौं मिनेटमा कन्यले गोल गर्दै ठमेलको अग्रता लम्बाए । १७ औं मिनेटमा कन्यले व्यक्तिगत दोस्रो गोल गरेपछि ठमेल ४(१ ले विजयी भयो । विजेता बनेको ठमेलले ट्रफीसहित एक लाख ५१ हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेतामा सीमित थापा गाउँले ७५ हजार ५०० रुपैयाँमा चित्त बुझाएको छ ।
ठमेलका नरकुमार म्यान अफ दि म्याच चुनिए । विधागत पुरस्कारमा पनि ठमेलकै वर्चश्व रह्यो । ठमेलका राजकुमार घिसिङ प्रतियोगिताभरको सर्वोकृष्ट खेलाडी भए । उनले ट्रफीसहित दश हजार रुपैयाँ प्राप्त गरे ।
ठमेलका मुकुन्द थापा उत्कृष्ट गोलकिपर, ठमेलकै भीम श्रेष्ठ उत्कृष्ट डिफेन्डर, सुरज श्रेष्ठ उत्कृष्ट प्रशिक्षक, थापा गाउँका सुमन श्रेष्ठ उत्कृष्ट मिडफिल्डर र प्रतियोगिताभर पाँच गोल गरेका थापा गाउँकै सुनिल सुवेदी सर्वाधिक गोलकर्ता बने । उनीहरुले जनही पाँच(पाँच हजार रुपैयाँ प्राप्त गरे ।
चितवन भेटेरान फुटबल क्लबको आयोजना र नारायणगढ लेडी जेसिजको सह(आयोजनामा भरतपुर १० स्थित गेष्ट हाउस चौरमा सम्पन्न प्रतियोगितामा नेपाल र भारतका गरी १६ टोली सहभागी थिए । स्वार्गीय राणा चितवनमा स्थानीय फुटबल खेलाडी थिए ।
काठमाडौं,असोज १६- नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमले १९औं एसियाडको क्वाटरफाइनलमा आज भारतसँग प्रतिस्पर्धा गर्दै छ। टी-ट्वेन्टी आईमा नेपाल र भारत पहिलोपटक आमनेसामने हुन लागेका हुन्। नेपाल र भारतबीचको खेल भोलि […]
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]
चितवन, असोज १४ – चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]