Listen Live: 

साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञमा भक्तजनको संख्या बढ्दै

Radio Chitwan
शुक्रबार, फाल्गुन ५, २०७९

चितवन, फागुन ५–

माघ १२ गतेदेखि नारायणी नदी किनारमा सुरु भएको साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञमा भक्तजनको संख्या बढ्दै गएको छ । महायज्ञको २२औँ दिनसम्म आइपुग्दा महायज्ञमा धार्मिक कार्यक्रम गर्ने क्रम बढेको छ ।

महायज्ञमा बिहीबारसम्म ५० जनाको ब्रतबन्ध भएको छ भने २० जनाले ग्रहशान्ति गरेको आर्थिक समिति संयोजक बालकृष्ण कँडेलले जानकारी दिए । त्यस्तै, १५ जनाको तुलादान र १० जनाको चौरासी पूजा भएको उनले बताए ।

महायज्ञमा बिहीबार सुप्रसिद्ध कथा वाचक स्वामी डा चक्रपाणी आचार्यजी महाराजको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै, सुप्रसिद्ध कथा वाचक पण्डित बुद्धिसागर भण्डारी र विश्व हिन्दु महासंघ चितवनका अध्यक्ष प्रेमप्रसाद गैरेले महायज्ञको अवलोकन तथा दर्शन गरे । विश्व हिन्दु महासंघ चितवनका सचिव फुलनाथ निउरेले मञ्च सञ्चालन गरेका थिए ।

श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा भएको महायज्ञ यहि फागुन १२ गते सकिँदै छ । महायज्ञमा हालसम्म भएका गतिविधि र आर्थिक संकलनको विषयमा जानकारी दिन आयोजकले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

आन्य समाचारहरु:-
September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

September 16, 2023
उत्कृष्ट समिति र भातृ संस्थालाई मगर संघको सम्मान

नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]

September 12, 2023
प्रधानमन्त्री, एमाले अध्यक्ष ओली लागायत शीर्ष नेता पुगे शिक्षण अस्पताल

काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]

September 5, 2023
‘बालेनहरु’लाई तह लगाउन सरकारले थाल्यो कानुन निर्माणको तयारी

काठमाडौं, भदौ १९– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधि र अभिव्यक्ति संविधान र कानुनविपरीत बन्दै गएका बेला सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई नियमन गर्ने कानुन निर्माणको तयारी थालेको छ । संविधान […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram