कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञमा भक्तजनको संख्या बढ्दै

चितवन, फागुन ५–
माघ १२ गतेदेखि नारायणी नदी किनारमा सुरु भएको साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञमा भक्तजनको संख्या बढ्दै गएको छ । महायज्ञको २२औँ दिनसम्म आइपुग्दा महायज्ञमा धार्मिक कार्यक्रम गर्ने क्रम बढेको छ ।
महायज्ञमा बिहीबारसम्म ५० जनाको ब्रतबन्ध भएको छ भने २० जनाले ग्रहशान्ति गरेको आर्थिक समिति संयोजक बालकृष्ण कँडेलले जानकारी दिए । त्यस्तै, १५ जनाको तुलादान र १० जनाको चौरासी पूजा भएको उनले बताए ।
महायज्ञमा बिहीबार सुप्रसिद्ध कथा वाचक स्वामी डा चक्रपाणी आचार्यजी महाराजको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै, सुप्रसिद्ध कथा वाचक पण्डित बुद्धिसागर भण्डारी र विश्व हिन्दु महासंघ चितवनका अध्यक्ष प्रेमप्रसाद गैरेले महायज्ञको अवलोकन तथा दर्शन गरे । विश्व हिन्दु महासंघ चितवनका सचिव फुलनाथ निउरेले मञ्च सञ्चालन गरेका थिए ।
श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा भएको महायज्ञ यहि फागुन १२ गते सकिँदै छ । महायज्ञमा हालसम्म भएका गतिविधि र आर्थिक संकलनको विषयमा जानकारी दिन आयोजकले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

