कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
बच्चाहरुमा क्यान्सरको समस्या

चितवन,फागुन ५–
मानव शरीरमा क्यान्सर रोगको जोखिम बढाउने धेरै कारक तत्वहरु छन् । त्यसमा हाम्रो खानपिन र जीवनशैलीसँग जोडिएका कुराहरुलाई प्रमुख मानिन्छ ।
हामीमध्ये धेरैले सोच्ने गर्छौँ क्यान्सर रोग केवल वयस्कहरुलाई मात्रै लाग्ने गर्छ । तर, अहिले बच्चाहरुलाई पनि यो रोग देखिन थालेको छ । यो क्रम बढ्दो रहेको बी।पी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका उप–निर्देशक एवं वरिष्ठ बाल क्यान्सर रोग विशेषज्ञ डा। कृष्ण सागर शर्माले जानकारी दिनुभयो ।
‘नेपालमा वर्षेनी करिब १५ सयको हाराहारीमा बच्चाको क्यान्सर हुन्छ भन्ने छ । विभिन्न अस्पतालमा उपचारमा आएका तथ्याङ्क हेर्दा ७०० देखि ८०० को बीचमा बच्चाको क्यान्सर देखिन्छ । हाम्रो अस्पतालमा मात्र प्रत्यक वर्ष साढे तीन सयको हाराहारीमा बच्चाको क्यान्सर आउने गर्छन् । यो भनेको एक्दम चाप हो’, उहाँले भन्नुभयो । बच्चाहरुमा सबै भन्दा बढी ब्लड क्यान्सरको समस्या देखिने गरेको डा। शर्माले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले २५ जना बालबालिकाको क्यान्सर उपचार भैरहेको छ । जसमा १७ जना बालबालिकामा ब्लड क्यान्सर देखिएको छ । हाम्रो अस्पतालको तथ्याङ्कमा मात्र बच्चाहरुमा ब्लड क्यान्सर बढी देखिएको होइन । देशभरका जति पनि क्यान्सर उपचार गर्ने अस्पतालहरु छन् सबैको रेकर्डमा ब्लड क्यान्सरबाट बढि प्रभावित बालबालिकानै देखिन्छ ।’ बच्चामा हुने क्यान्सर र ठूलो मान्छेमा हुने क्यान्सरको कारण फरक रहेको उहाँले बताउनुभयो ।
बच्चाको क्यान्सरलाई रोक्न नसकिनेमा डा। शर्माले जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘यस्ता खालका क्यान्सर बाहिरको वातावरणले भन्दा पनि आमाको गर्भमै बच्चा बस्ने बेलाको वातावरणसँग सम्बन्धित छ । आमा बुबाको कति स्वस्थ्य शुक्रकिट र डिम्बबाट बच्चाहरु बन्दैछन् । त्यो प्रकृयामा नै कुनै कमजोरी भयो अथवा अस्वस्थ खालको भयो वा स्वस्थ हुँदा हुँदै पनि सेल डिभिजन हुँदै जाँदा जेनेटिक म्युटेसन आउन सक्छ कहिले काहिँ । हजारौ सेल डिभाइट हुँदा कुनै एक वा दुईटा सेल एब्नर्मल देखिन सक्छ । यो चिजबाट पछि गएर बच्चाको क्यान्सर हुन सक्छ । त्यसले गर्दा बच्चाको क्यान्सरलाई रोक्न सकिदैन । आमा बुबाबाट सर्ने रोग पनि होइन ।’
छिट्टै पत्ता गलाउन सकेको अवस्थामा वयस्कको भन्दा बालबालिकामा हुने क्यान्सरलाई निको पार्न सकिने उहाँले बताउनुभयो । ‘बच्चाहरु आफ्नो समस्या आफैले राख्न सक्दैनन् । आफ्नो उपचार आफै पनि गर्न सक्दैन । जसले गर्दा अझै पनि धेरै बच्चाहरु क्यान्सर अस्पतालमा आउन सकेको छैनन् । बच्चाको क्यान्सरको लक्षणलाई थाहा पाएर छिटो आउन सक्ने हो भने ठूलो मान्छेहरुमा भन्दा बच्चाहरुमा धेरै प्रतिशत निको पार्न सकिने हुनाले बच्चामा क्यान्सरको लक्षण छ भने जतिसक्दो छिटो बालरोग विशेषज्ञ अथवा क्यान्सर पत्ता लाग्ने ठाउँमा जाँदा ८० देखि ९० प्रतिशत बढीनै निको पार्न सकिन्छ,’ उहाँले भन्नुभयो । अहिलेसम्म भरतपुरको क्यान्सर अस्पतालबाट ७० प्रतिशत क्यान्सरका बिरामी बालबालिका निको पार्न सफल भएको डा। शर्माको भनाइ छ ।
सन् २०२२ को तथ्याङ्क अनुसार बी। पी। कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनबाट एक लाख ६५ हजार ५० जनाले क्यान्सरको परीक्षण गराएका थिए । त्यसमध्ये ६१ हजार ७१५ पुरुष रहेका छन् भने महिला एक लाख ती हजार २७५ जना रहेको अस्पतालका वरिष्ठ प्रशासक गृहीनारायण महतोले बताउनुभयो । परीक्षण गराएकामध्ये छ हजार ४४६ जनालाई क्यान्सर देखिएको थियो । जसमा पुरुष दुई हजार ८७२ र महिला तीन हजार ५७४ जना रहेका थिए ।
क्यान्सर देखिएकामध्ये ९ वर्षमुनि उमेर समूहका ८४ जनामा ब्लड क्यान्सर देखिएको उहाँले जानकारी दिनुभयो । १४६ बालबालिका मध्ये उनीहरुमा क्यान्सर देखिएको हो । त्यस्तै १० देखि १४ वर्षका ९५ जनामध्ये ४४ जनामा ब्लड क्यान्सर देखिएको तथ्याङ्कमा उल्लेख छ । सबै उमेर समूहका गरी ब्लड क्यान्सरका ४१० जना बिरामी थिए ।
बच्चालाई धेरै हुने क्यान्सरका प्रकार
बच्चाहरुलाई हुने क्यान्सरमध्ये सबैभन्दा धेरैलाई ब्लड क्यान्सर हुने गरे पनि रक्षात्मक प्रणाली सँग सम्बन्धित ल्युकेमिया र लिम्फोमाको क्यान्सर पनि बच्चालाई धेरै हुने क्यान्सरमा पर्छन् ।
शरीरको अंगमा हुने क्यान्सरको कुरा गर्दा बोन क्यान्सर, किड्नी क्यान्सर र ब्रेन ट्युमरको समस्या धेरै भएको पाइन्छ । तर, सबैभन्दा धेरैलाई हुने ब्लड क्यान्सर नै हो ।
मस्तिष्क र स्पाइनलको ट्युमर
बच्चामा अधिकांश ब्रेन ट्युमर मस्तिस्काको तल्लो भागबाट सुरु हुन्छ । जस्तो सेरिबेलम वा ब्रेन स्टेम । यसको लक्षणमा प्रमुख हो टाउको दुख्ने, उल्टी आउने, नजर धमिलो देखिने, चक्कर आउने, उभिन वा चीजहरुलाई थाम्नमा समस्या हुने आदी ।
न्यूरो ब्लास्टोमा
यो छिट्टै सुरु हुन्छ र ठूलो हुँदै गएका भ्रुणको नर्व सेल्समा बढ्दै जान्छ । यो शिशुहरु र साना बच्चाहरुमा विकसित हुन्छ । यो ट्युमर आम रुपमा पेट सुन्निएको रुपमा सुरु हुन्छ र विस्तारै हड्डी दुख्ने, ज्वरो आउने लक्षण देखापर्छ ।
ल्युकेमिया अथवा ब्लड क्यान्सर
यो बोन म्यारो र रगतको क्यान्सर हो । ल्युकेमियाको केही लक्षणहरुमा हड्डी र जोर्नी दुख्ने, थकान, कमजोरी, छाला पँहेलो हुने, रक्तश्राव हुने, ज्वरो आउने र तौल घट्ने जस्ता पर्छन् । तिव्र रुपमा फैलने ल्युकेमियालाई छिटो भन्दा छिटो पहिचान गरेर उपचार गर्न महत्वपूर्ण छ । यस्तो भएन भने धेरै छिटो फैलिएर यसले ज्यानै लिन सक्छ ।
विल्म्स ट्युमर
यसलाई नेफ्रोब्लास्टोमा पनि भनिन्छ । यस प्रकारको क्यान्सर एक वा दुई मिर्गौलामा सुरु हुन्छ । यो खासगरि ६ वर्ष भन्दा कम उमेरको बच्चालाई हुने गर्छ । यो पेटमा सुन्निने वा गाँठोको रुपमा प्रकट हुन्छ । यसका अन्य लक्षणमा ज्वरो आउने, दुखाई, मतमत लाग्ने आदि समावेश छ ।
लिम्फोमा
यस प्रकारको क्यान्सर लिम्फोसाइट्स नामक प्रतिरक्षा प्रणाली कोषमा सुरु हुन्छ । यसले बोनम्यारो तथा अन्य अंगलाई पनि प्रभावित गर्छ । क्यान्सर भएको स्थानमा निर्भर हुने यसको प्रमुख लक्षणमा तौल कम हुने, ज्वरो आउने, पसीना, थकान, गर्धन दुख्ने आदी हुन्छ ।
रेब्डोमायोसारकोमा
यो क्यान्सर टाउको, गर्धन पेट पेल्भिस हात वा खुट्टा लगायत जहाँ पनि हुन सक्छ । यसको लक्षणमा सुन्निने, दुख्ने वा दुवै एकैचोटी हुन सक्छ । बच्चामा हुने ३ प्रतिशत क्यान्सर यो श्रेणीमा पर्छ ।
रेटिनो ब्लास्टोमा
बच्चालाई हुने क्यानसरमध्य रेटिनो ब्लास्टो पनि एक हो । यो बच्चाको आँखामा हुन्छ । यो ६ वर्ष भन्दा कम उमेरको बच्चामा हुने गर्छ । जब बच्चाको आँखामा प्रकाश पर्छ त्यतिखेर आँखाको नानी रातो देखिन्छ र यस प्रकारको क्यान्सरभएको बच्चामा आँखाको नानी सेतो वा गुलाबी हुँदै जान्छ । आँखाको एक फ्ल्यास फोटो लिएमा आँखामा एक सेतो चमक देखिन सक्छ ।
हड्डीको क्यानसर
यो क्यान्सर हड्डीबाट सुरु हुन्छ र बच्चाहरुलाई हुने क्यान्सरमा यस खालको क्यान्सर लगभग ३ प्रतिशत सम्म हुन्छ ।
यस्ता लक्षण देखिएमा सचेत हुनुहोस्
बच्चामा निम्न लक्षणहरु देखिएमा यसलाई गम्भिरतापूर्वक लिनुपर्छ । यी मध्ये कुनै पनि लक्षण बारम्बार देखियो भने वा लगातार यस्तो भैरहेको छ भने तुरुन्त डाक्टरसँग परामर्श गर्नुपर्छ ।
–निरन्तर देखिएका लक्षणहरुको बारेमा चिकित्सा सहायता प्राप्त गर्नुहोस् ।
–आँखामा सफा धब्बाहरु, दृष्टिहिनता देखिएमा विचार गर्नुहोस् ।
–पेट र कोख, टाउको गर्धन, टेस्टिज ग्रन्थि आदिमा भएका गाँठोहरुलाई ख्याल गर्नुहोस् ।
–ज्वरो, तौल घट्ने, खाना नरुच्ने, थकान, एकाएक चोट लाग्ने वा रक्तश्राव हुने पनि एक लक्षण हुन सक्छ ।
–हड्डि, जोर्नी पिठ्ँयुमा दुखाई र सजिलै फ्याक्चर भएमा सचेत हुनुहोस् ।
–बच्चाको व्यवहार, सन्तुलन र उसको चालमा परिवर्तन आएमा र टाउको दुख्ने भएमा पनि यो क्यान्सरको लक्षण हुन सक्छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]