Listen Live: 

भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा ‘सि बिच’ मोडलको तटबन्धको काम सुरु

Radio Chitwan
बिहिबार, फाल्गुन ४, २०७९

चितवन, फागुन ४–

भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा ‘सि बिच’ मोडलको तटबन्धको काम सुरु भएको छ । नदी किनारको ६५० मिटरको दुरीमा सिढि र चौतारीसहितको तटबन्धको काम सुरु भएको हो । त्यसको लागि आठ मिटरको ‘पाइल’ गाड्ने काम भइरहेको छ । बाढीले माटो खोतल्न नसकोस् भनेर नदीमा बगिरहेको पानीको नजिकै ‘पाइल’ गाडिएको हो ।

पाइल माथि दुई मिटरको ‘कटअफ’ हुने नारायणी नदी व्यवस्थापन आयोजनाका वरिष्ठ इन्जिनियर शंकर बुढाथोकीले जानकारी दिए । ‘कटअफ’पछि सिढि बनाउने काम हुन्छ । दुई मिटर अग्लो संरचनामा १० वटा सिढि रहने उनले बताए । विशेषगरी नदी किनारको सौन्दर्यकरणको लागि सिढि बनाइएको हो, जसले तटबन्धको पनि काम गर्छ ।

सिढिमा बसेर पर्यटकहरु टहलिन पाउने छन् । सिढिमा लस्करैसँग ३० वटा रुखसहितको चौतारी पनि बन्ने छन् । ठूलो बाढी आएका बेला भने पानी सिढि कटेर आवास क्षेत्रसम्मै पुग्न सक्ने बुढाथोकी बताउँछन् । ‘बाढीले जमिन नखोतल्ने गरी सिढि बनाइने हो । यो समर स्ट्रक्चर मात्रै हो । यता सिढि बनेर पारी गैंडाकोटतिर बाढी पस्ने हुँदैन’, उनले भने ।

पुसमा सम्झौता भएको यो आयोजनाको काम १८ महिना भित्र सक्नुपर्ने लक्ष्य रहेको छ । १५ करोड ८५ लाख रुपैयाँ लागतमा आयोजनाको काम गर्न डाइनामिक कन्स्ट्रक्सन प्रालिसँग सम्झौता भएको हो ।

आन्य समाचारहरु:-
September 22, 2023
आज सरकार र शिक्षकबीच औपचारिक वार्ता

काठमाडौँ, असोज ५- आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकारबीच आज औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र […]

September 20, 2023
आज संविधान दिवसः संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा

काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]

September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

September 18, 2023
आज हरितालिका (तीज) व्रतः ‘महिला, पुरुष दुवैले गर्नुपर्छ’

काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram