Listen Live: 

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरले बिगत ६ महिनामा २० पटक खाद्य बजारको अनुगमन

Radio Chitwan
बुधबार, फाल्गुन ३, २०७९

चितवन, फागुन ३(

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरले बिगत ६ महिनामा २० पटक खाद्य बजारको अनुगमन गरेको छ ।

कार्यालयले सार्वजनिक गरेको अर्ध वार्षिक प्रगति विवरणमा प्रथम त्रैमासिकमा १० वटा र दोस्रो त्रैमासिकमा १० वटा खाद्य बजार अगनुमगन गर्ने लक्ष्य राखिएकोमा सबै लक्ष्य पूरा भएको उल्लेख गरिएको हो ।

विवरणमा नागरिकले साउनदेखि पुससम्ममा नागरिकले खाद्यान्नबारे गुनासो वा उजुरी गरेपछि गरिने द्रुत बजार अनुगमन बिगत ६ महिनामा आठ पटक गरिएको छ । त्यस्तै दाना बजार अनुगमन १२ पटक, होटल तथा रेष्टुरेन्ट अनुगमन २४ पटक, खाद्य उद्योग अनुगमन १० पटक, सडकमा राखिने खाद्यान्नको एक पटक अनुगमन गरिएको उल्लेख गरिएको छ ।

त्यसैगरी चितवनमा विभिन्न ठाउँमा लाग्ने हाटबजार र महोत्सवहरुको यस अवधिमा चारपटक, संवेदनशिल खाद्य पदार्थ दूध तेल र पानीलगायतको उद्योगमा यस अवधिमा ६ पटक अनुगमन गरिएको खाद्य नियन्त्रण तथा गुण नियन्त्रण कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा चितवनको बजारमा भेटिएको एउटा कम्पनीको मह र चियामा न्यून गुणस्तर पाइएको जनाइएको छ । ती कम्पनीहरु दुवै काठमाडौँको भएकोले प्रारम्भिक अनुसन्धानपछि मुद्दा दर्ताको लागि काठमाडौँ पठाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख घननाथ अधिकारीले जानकारी दिए । उनले बजारमा अनुगमनमा सामान्य गल्ती देखिएमा सचेत गराउने र गम्भीर त्रुटि गरेको पाइएमा मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाइने गरेको बताए । उनले गुणस्तरहिन मह र चियाले उपभोक्ता ठगिएको पाइएपछि मुद्दा दर्ताको लागि काठमाडौँ पठाइएको जानकारी दिए । काठमाडौँमा मुद्दा दर्ता गरेपछि मात्र ती कम्पनीको मह र चियाको नाम सार्वजनिक गर्ने प्रमुख अधिकारीले बताए ।

आन्य समाचारहरु:-
September 12, 2024
पेवा साकोसको बार्षिकोत्सवमा रक्तदान : ११५ युनिट रगत संकलन

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा बिहीवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ११५ युनिट रगत संकलन भएको छ । पेवा बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिकोत्सवको अवसरमा भएको रक्तदान कार्यक्रममा […]

September 10, 2024
सौराहा बचतको साधारण सभा : तीन प्रतिवेदन पारित

रत्ननगर । सौराहा बचत तथा ऋण सहकारी संस्था लि.को मंगलबार २५औं बार्षिक साधारण सभा गरिएको छ । रत्ननगर नगरपालिका वडा नं ६ का वडाध्यक्ष किरण महतो प्रमुख अतिथि रहेको सो […]

September 10, 2024
मानसिक रोगले बढ्दै आत्महत्या, उपत्यका बाहिर सिमएसीमा धेरै बिरामीको उपचार हुदै

अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरी मानसिक रोगको उचारमा अस्पतालले गरेका प्रयास र मानसिक रोगको वर्तमान अवस्थाको बारेमा जानकारी गराएका छ । पत्रकार सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै डा.खगेन्द्र काफ्लेले आत्महत्याको मुख्य […]

September 7, 2024
नेपाल चेपाङ यूवा संघ कालिका नगर कमिटीले मनायो न्वागी पर्व

रत्ननगर भदौ २२ । चितवनको कालिका नगरपालिकाका चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व मनाएकाछन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram