सुदूरपश्चिम, असोज १६-बझाङ केन्द्रविन्दु भएर आज दिउँसो गएको भूकम्पको धक्काका कारण घर तथा संरचना भत्कँदा पाँच जना घाइते भएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि […]
कृषि अनुदान वितरणमा चरम भ्रष्टाचार हुने गरेको भन्दै भष्टाचार बिरुद्ध सोही विषयबाट छानबिन अगाडि बढाउन सांसद हरि ढकालको माग

चितवन, फागुन ३–
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले कृषि अनुदान वितरणमा चरम भ्रष्टाचार हुने गरेको भन्दै भष्टाचार बिरुद्ध सोही विषयबाट छानबिन अगाडि बढाउनुपर्ने बताएका छन् ।
बुधवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद ढकालले किसानका मल बीउका समस्याहरूका प्रत्येक बैठकमा सांसदहरूले उठाए पनि त्यसको सुनुवाइ नभएको बताए । उनले वास्तविक किसानले सुविधा नपाएको बताउँदै भने– ‘झोलामा गाई पाल्ने, झोलामा खेती लगाउने ती झोले किसानहरूलाई त्यही संरचनाबाट झोलामै अनुदान हालिदिएको छ, अनुदानको व्यापक दुरुपयोग भएको छ, भ्रष्टाचार भएको छ । सबभन्दा पहिला भष्टाचारको छानबिन गर्ने हो भने कृषि अनुदान दुरुपयोगबाट सुरु गरौँ ।’
सांसद ढकालले जो किसानले काठमाडौँका बच्चाहरूका दूध पठाउँछन् ती किसानका अनुदान पनि नछोड्नेहरू पापी भएको सांसद ढकालको टिप्पणी थियो । विभिन्न अनुदानको कुरा गर्दा, नीति र थिति बसाल्ने कुरा गर्दा एक द्वार प्रणालीबाट वडा मै अनुदान पठाइदिए हुँदैन कृषि अनुदान रु भन्दै प्रश्न गरे ।
उनले भने– ‘वडामा पठाए त तल्लो घरकोले खेती गरेको छ कि छैन, माथ्ला घरेले गाई पालेको छ कि छैन सबै थाहा हुन्छ अनुगमन नै गर्नुपर्दैन । अब कृषि अनुदान वडाबाटै वितरण गर्ने नीति बनाऊँ र पालिकामा नै अनुदान पठाउने व्यवस्था गरौँ । खरिद ऐन संशोधन गरौँ, मल खरिद गर्नका लागि मल खरिद गर्ने स्वायत्त अधिकार पालिकालाई दिऔँ ।’ उनले किसानका समस्या समाधानका लागि काम गर्न कृषि मन्त्रीलाई ध्यानाकर्षण गराए ।
रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र भरतपुर सेन्ट्रल अस्पताल प्रा लि , चितवन ओम साईराम पोलिक्लिनिक प्रा लि रत्ननगरका विच स्वास्थ्य परिक्षण र अौषधि उपचार सम्वन्धि सम्झौता एवं हस्तान्तरण […]
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]
चितवन, असोज १४ – चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]