Listen Live: 

भरतपुरका निर्माणधिन आयोजनाहरु ईन्जिनियरिङ विद्यार्थीका लागि प्रयोगात्मक केन्द्र

Radio Chitwan
बुधबार, फाल्गुन ३, २०७९

चितवन,फागुन ३(

भरतपुरका निर्माणधिन आयोजनाहरु ईन्जिनियरिङ विद्यार्थीका लागि प्रयोगात्मक केन्द्र बनेको छ । भरतपुर महानगरपालिकामा राष्ट्रिय गौरवका आयोजनाको निर्माण कार्यहरु अगाडि बढीरहेका छन् । भरतपुर महानगरपालिकाका ईन्जिनियर साकार लामाका अनुसार सिटी हल अवलोकन गर्ने विद्यार्थीहरु एक वर्षअघि देखि आउने गरेपनि पछिल्लो समय भरतपुर महानगरपालिकाको प्रशासनिक भवन, पुलचोक गोन्द्राङ ६ लेन सडक अवलोकन गर्नेहरु आउने क्रम सुरु भएको छ ।

हिमालय कलेज अफ ईन्जिनियरिङ ललितपुरकाका निर्माण व्यवस्थापनका शिक्षक सुवास भट्टराईले देशको मध्य भागमा रहेकाले भरतपुर आउन सहज र नेपालमै एकै ठाउँमा सबै प्रकारको आयोजना यहाँ अवलोकन गर्न पाउने भएकाले भरतपुर रोजाईमा परेको उल्लेख गर्नुभयो ।
निर्माण व्यवस्थापन विषयमा २ दिन प्रयोगात्मक अवलोकन र निरीक्षण गर्ने शैक्षिक क्यालेण्डर अनुरुप भरतपुरको एकै ठाउँमा सबै प्रकारका संरचना हेर्न सकिने गरी ९५ जना विद्यार्थीलाई ल्याईएको उहाँको भनाई छ ।

सोही कलेजकी विद्यार्धी ऐलिना बेलबासेले सैद्धान्तिक पढाई अनुसार फिल्डमा आएर अवलोकन एवम् थप जानकारी लिन पाउदा उत्साहित बनेको बताउनुभयो । यस्तै अर्का विद्यार्थी किरण अर्यालले प्रशासनिक भवको स्टक्चरको काममा उपयोग भएका समानको बारेमा सैद्धान्तिक अध्ययन अनुसार अगाडि बढेको पाएको बताउनुहुन्छ ।

भरतपुर महानगरपालिकामा सिग्नेचर ब्रिज, नारायणी तटबन्धन जस्ता अर्बौका लगानीमा आयोजनाहरु अगाडि बढी रहेका छन् । भरतपुर महानगरपालिका शिक्षा, पर्यटन र पूर्वाधार निर्माणको हबको रुपमा विकास भईरहेकाले २०८० साललाई भरतपुर भ्रमण वर्षको रुपमा मनाउन लागिएको छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram