रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र भरतपुर सेन्ट्रल अस्पताल प्रा लि , चितवन ओम साईराम पोलिक्लिनिक प्रा लि रत्ननगरका विच स्वास्थ्य परिक्षण र अौषधि उपचार सम्वन्धि सम्झौता एवं हस्तान्तरण […]
चितवनको सौराहामा जारी सडक फूड फेस्टिबलको अबसरमा वेटर रेस प्रतियोगिता

रत्ननगर । चितवनको सौराहामा जारी सडक फूड फेस्टिबलको अबसरमा वेटर रेस प्रतियोगिता गरिएको छ । फेस्टिबलको आयोजक संस्था रेवान सौराहाले रेष्टुरेन्टमा काम गर्ने वेटरहरुको क्षमता मुल्याङकनको लागि प्रतियोगिता गरेको हो ।
१० जना सहभागी प्रतियोगितामा केसी रेष्टुरेन्टका लक्ष्मण चौधरी प्रथम, नेचर भ्यू रेष्टुरेन्टका विबेक शाह र केसी रेष्टुरेन्टकै दीपेश चौधरी तेश्रो भएको रेवानका उपाध्यक्ष कपिल रेग्मीले जानकारी दिए । फूड फेस्टिबलकै अबसरमा म्युजिकल चियर र घैटो फुटाइ प्रतियोगिता समेत गरिएको छ ।
सौराहामा पर्यटक भित्र्याउने उद्देश्यले आयोजना गरिएको सो फेस्टिबलमा अतिरिक्त क्रियाकलापको लागि विभिन्न प्रतियोगिता गरिएको रेवान सौराहाका महासचिव सुर्यबहादुर रिमालले जानकारी दिए । प्रणय दिबसको अबसर पारेर आयोजना गरिएको फेस्टिबलमा रमाउन आएका पर्यटकहरुले अहिले सौराहा भरिएको छ ।
सौराहालाई व्यवसायीहरुले विवहा घरजस्तै गरी सझाएका छन् । सौराहाको मुख्य बजारमा पर्यटकको चहलपहल बाक्लो हुने गरेको छ । माघ १२९ गते उद्घाटन भएको फूड फेस्टिबल आज राती सकिदैछ ।
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]
चितवन, असोज १४ – चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]