कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु

चितवन, फागुन २(
नेकपा एमाले को भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु भएको छ ।
४ गतेसम्म काठमाडौंमा चल्ने महाधिवेशनमा चितवनका झण्डै एक दर्जन विद्यार्थी नेताहरुले केन्द्रीय सचिवदेखि, स्थायी कमिटी र केन्द्रीय कमिटीमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
केन्द्रीय कमिटीको सचिवमा देव पाठक, प्रकाश भट्ट, स्वरुप सुयाल र धिप्पन भण्डारीले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् भने स्थायी कमिटी सदस्यमा बाग्मती प्रदेशबाट प्रकाश आचार्यको दाबी छ । पाठक नेकपा एमाले चितवन जिल्ला कमिटी सदस्य हुनाको साथै विद्यार्थी फाट उपप्रमुख हुन् । त्यस्तै भट्ट अनेरास्वयिुको स्थायी कमिटी सदस्य रहनाको साथै चितवन जिल्ला इन्चार्ज हुन् भने सुयाल स्थायी कमिटी सदस्य हुन् । अर्को सचिवका आकांक्षी धिप्पन भण्डारी अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य रहनाका साथै भरतपुर महानगरपालिका इन्चार्ज हुन् । १५ जनाको केन्द्रीय समितिमा अध्यक्ष, उपाध्यक्ष, सदस्यहरुसहित १० जना सचिव रहने व्यवस्था छ ।
अनेरास्ववियु केन्द्रीय सदस्य एवम् चितवन जिल्ला सह–इन्चार्ज आचार्यले बाग्मती प्रदेशबाट अनेरास्ववियु स्थायी कमिटीमा आफ्नो दाबी पेस गरेर उम्मेदवारी घोषणा गरेका छन् । त्यसैगरी १९९ जना रहने केन्द्रीय सदस्यमा चितवनबाट शिव ढकाल, रचना सापकोटा, सचेत सुवेदी, अमित गुप्ताको दाबी रहेको छ । उनीहरुले पनि आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । उम्मेदवारहरुको मनोनयन भने सुरु भएको छैन ।
‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशिल संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मूल नाराका साथ सुरु भएको महाधिवेशनको काठमाडौँको प्रज्ञा भवनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । महाधिवेशन अघि अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले अनेरास्ववियुको आगामी नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयास गरिने बताउँदै आएकी छन् । सर्वसम्मत रुपमा नेतृत्व चयन हुन नसकेमा विद्युतीय मतदानबाट निर्वाचन गर्नेगरी प्रवन्ध मिलाइएको छ । अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनमा देशभरका क्याम्पसहरुबाट एक हजार पाँचसयभन्दा बढी प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

